कैलाली ।

पदीय मर्यादाविपरीत काम गरेको आरोपमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीबाट हटाइएका दीर्घबहादुर सोडारीलाई नेकपाको साधारण सदस्यबाटसमेत निष्कासित गरिएको छ ।

सोडारीलाई मंगलबार साँझ नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको प्रदेश कमिटीका एक पदाधिकारीले बताए ।

माओवादी केन्द्रसित पार्टी एकता हुनुअघि नेकपा एमाले कैलालीका अध्यक्षसमेत रहेका सोडारीलाई पार्टीको सदस्य नरहने गरी निष्कासन गरिएपनि उनको प्रदेशसभा सदस्य पद भने यथावत् रहनेछ ।

सोडारीलाई मंगलबारै दिउँसो सामाजिक विकासमन्त्रीबाट बर्खास्त गरिएको थियो ।
Views: 121

