Aamsanchar

अमला खाएमा यस्ता छन् फाइदा

Author Image
बुधवार, कार्तिक २८, २०७५

काठमाडौं ।

अमलाको सिजन शुरु भएको छ । स्वास्थ्यका दृष्टिकोणले अमलालाई एकदमै लाभदायी फलका रूपमा लिइन्छ । अमिलो खान मन पर्ने मानिसका लागि यो एकदमै प्यारो फल हो ।

अमला भिटामिन सीको ठूलो स्रोत हो । यसलाई घरायसी औषधिका साथै आयुर्वेदमा पनि औषधिका रूपमा प्रयोग गरिन्छ । अमला सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्दछ ।

भिटामिन सी शरीरका लागि अत्यावश्यक चिज हो । जसको कमीका कारण स्कर्भी, छालाको रोग, रक्तनली र मुटुको रोग लाग्ने सम्भावना हुन्छ । अमलाले भिटामिन सीको परिपूर्ति गर्छ । यसलाई भिटामिन सीको भण्डार नै मानिन्छ ।

महिलामा हुने सेतो पानी बग्ने समस्याबाट छुटकारा पाउन अमलाको सेवन गर्नु एकदमै उत्तम हुन्छ । अमलाको ३ देखि ५ ग्राम धुलोलाई एक चम्चा महमा मिलाएर खाँदा समस्या केही हदसम्म कम हुन्छ । यसले पेट दुख्ने समस्याका लागि फाइदा पु-याउँछ ।

अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई दैनिक प्रयोग गर्ने हो भने कब्जियत हुनबाट बचाउँछ । यस्तै, सुकेको अमलामा हर्रो र बर्रोको धुलो नियमित रूपमा पानीसँग मिसाएर खाँदा आउँ, अपच भएकालाई फाइदा हुन्छ ।

अमलाको चुर्णलाई पानीमा उमालेर कुल्ला गर्नाले दाँत बलियो हुनुका साथै चम्किलो पनि देखिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 410

प्रतिक्रिया (०)

सम्बन्धित खबर