Aamsanchar

जन्मदिनको खर्च मिर्गौलापीडितलाई

Author Image
बुधवार, कार्तिक २८, २०७५

काठमाडौँ, 

पेप्सीकोला टाउनप्लानिङ निवासी ११ वर्षीया टिया श्रेष्ठले आफ्नो जन्मदिन मनाउनका लागि छुट्याइएको रु १० हजार मिर्गाैला रोगबाट पीडित रामेछापका रामबहादुर माझीलाई दिनुभएको हो ।

करियर बिल्डिङ इन्टरनेशनल एकेडेमी तथा एभरेस्ट फाउण्डेसन नेपालका संस्थापक अध्यक्ष समाजसेवी तेज श्रेष्ठकी कान्छी छोरी टियाले आफ्ना बुबाको उपस्थितिमा सो रकम बिरामीलाई सहयोग गरेर जन्मदिन मनाउनु भएको हो ।

स्काउट शिक्षक एवम् पत्रकार बलराम प्यासीको पहलमा बालिका टियाले सो रकम आज मिर्गाैला रोग पीडित माझीलाई हस्तान्तरण गर्नुभयो । यसअघिका जन्मदिनमा टियाले विभिन्न विद्यालयमा अध्यनरत न्यून आय भएका परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेर मनाउँदै आउनुभएको छ ।

रामेछाप मन्थली गाउँपालिका–१ कुँडारका ४६ वर्षीय मिर्गाैला रोग पीडित माझीको दुवै मिर्गाैलाले काम गर्न छोडेपछि उहाँ विगत डेढ वर्षदेखि शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा हप्तामा तीन पटक डायलोसिस गरिहनुभएको छ । श्रीमती, एक छोरा र दुई छोरीका साथ कोटेश्वरमा डेरामा बस्दै आएका बिरामी माझी बिहान–बेलुकीको समय स्थानीय सामाजिक क्लबको पानी वितरण कक्षमा रोजगारी गर्नुहुन्छ ।

हप्तामा तीन पटक गरिने डायलोसिसका लागि आवश्यक पर्ने औषधि खर्च जुटाउन उनलाई हम्मेहम्मे भएपछि स्थानीय समाजसेवीले उहाँलाई धेरथोर आर्थिक सहयोग गर्दै आएका छन् । केही दिनअघि पनि उहाँलाई स्थानीय सुवेदी समाज कोटेश्वरले पनि आर्थिक सहयोग गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर