Aamsanchar

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

Author Image
शुक्रवार, कार्तिक ३०, २०७५

दमौली, 

चितुवाको आक्रमणमा परेर बिहीबार साँझ तनहुँमा एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–४ चिसापानी निवासी चार वर्षीया रञ्जिता लम्साल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घरको आँगनमा खेलिरहेको अवस्थामा रञ्जितालाई साँझ ५ बजे चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट घाइते भएकी उनलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक बालिकाको बुबा कृष्ण लम्साल वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् । उनी आमा सरस्वती लम्साल र दुई दाजुको साथमा बस्दै आएकी थिइन् ।

Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर