Aamsanchar

मध्यरातमा ट्र्याक्टर सडकदेखि १५० फिट तल खसेपछि…

Author Image
शुक्रवार, कार्तिक ३०, २०७५

दमक, 

दमक–रवि सडकअन्तर्गत इलामको माङ्सेवुङ–३ स्थित भञ्ज्याङ खण्डमा गएराति भएको ट्र्याक्टर दुर्घटनामा परेर चालकसहित दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँचथर इलाम, माङ्सेवुङ गाउँपालिका–३ का २८ वर्षीय नवीन कुरुम्बाङ र सहचालक धनकुटा जिल्ला चौबिसे गाउँपालिका–८ घर भएका २२ वर्षीय गोकुल लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर भएका दुवैको दमकस्थित लाइफलाइन अस्पतालमा आज बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताउनुभयो । पाँचथरको रविबाट दमकतर्फ आउँदै गरेको अदुवा बोकेको मे१त ८०२५ नंको ट्र्याक्टर दुर्घटना भएको थियो । राति १२ बजेतिर भएको दुर्घटनाबाट मालवाहक ट्र्याक्टर सडकदेखि १५० फिट तल खसेको थियो ।

Views: 119

प्रतिक्रिया (०)