Aamsanchar

सुदूरपश्चिम समृद्ध प्रदेश बन्छः मन्त्री भट्ट

Author Image
आइतवार, मंसिर २, २०७५

बैतडी,

सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले सुदूरपश्चिममा थुप्रै सम्भावना रहेकाले यो प्रदेश समृद्ध बन्ने बताउनुभएको छ ।

शनिवार नेपाल पत्रकार महासङ्घ र नेपाल पर्यटन पत्रकार महासङ्घ बैतडीको आयोजनामा पत्रकारका लागि भएको एकदिने अभिमुखीकरण कार्यक्रममा मन्त्री भट्टले सुदूरपश्चिम थुप्रै धार्मिक पर्यटनको सम्भावना रहेको क्षेत्र हो भन्नुभयो ।

यो प्रदेशमा भएको पर्यटकीय सम्भावनाको बारेमा सञ्चारमाध्यमले पनि प्रचारप्रसारमा ल्याउनुपर्ने उहाँले बताउनुभयो ।

उक्त कार्यक्रममा मन्त्री भट्टले नेपाल पर्यटन पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अमरराज भट्टराई र नेपाल पर्यटन पत्रकार महासङ्घ बैतडीका नवनिर्वाचित अध्यक्ष महेशप्रसाद अवस्थीलाई सम्मान गर्नुभयो ।

Views: 333

प्रतिक्रिया (०)

सम्बन्धित खबर