Aamsanchar

चतुर्मास व्रत उद्यापन गर्न हुने

Author Image
आइतवार, मंसिर २, २०७५

काठमाडौँ,

बृहस्पति अस्त भए पनि कार्तिक शुक्ल एकादशीका दिन तुलसी–दामोदरको विवाह, चतुर्मास व्रत उद्यापन, नवान्नप्राशन गर्नुहुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

बृहस्पति अस्तका बेला ठूलो एकादशीसमेत भनिने कार्तिक शुक्ल एकादशीका दिन गरिने व्रत, तुलसी–दामोदर विवाह र त्यसपछि उद्यापनको हवनलगायत धार्मिक कार्य गर्नु हुँदैन भनी गरिएको हल्ला एवं प्रचारप्रसार शास्त्रीय रुपमा गलत रहेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

आषाढ शुक्ल एकादशीदेखि शुरु गरिएको चतुर्मास व्रत नित्य कर्म भएकाले बृहस्पति अस्त तथा उदयका कारण रोक्न नपर्ने उहाँले बताउनुभयो । कात्तिक २६ गते अस्त भएका बृहस्पति मङ्सिर २१ गते उदाउने समितिले स्वीकृत गरेका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

शास्त्रीय मान्यताअनुसार बृहस्पतिलाई देव गुरु र शुक्राचार्यलाई दैत्य गुरु मानिन्छ । बृहस्पति र शुक्र अस्त भएका समयमा कुनै कामना राखेर कर्म गर्नु नहुने शास्त्रीय मत छ । यस अवसरमा नित्य र नैमित्तिक कर्म भने गर्नुहुन्छ ।

Views: 250

प्रतिक्रिया (०)

सम्बन्धित खबर