Aamsanchar

नागरिकलाई केन्द्रबिन्दुमा राखेर काम गर्न निर्देशन

Author Image
बिहिवार, मंसिर ६, २०७५

विराटनगर,

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले नागरिकलाई केन्द्रबिन्दुमा राखेर सेवा प्रदान गर्न जिल्लास्थित सबै कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ ।

जिल्लास्थित कार्यालय प्रमुखको बैठकमा उहाँले भन्नुभयो, “परिवर्तित सन्दर्भमा सार्वजनिक सेवालाई सरल, सहज, पारदर्शी र प्रभावकारी बनाउनुपर्छ । ”

प्रजिअ केसीले अपराधका घटनामा संलग्न दोषीलाई पक्राउ गर्न र सूचनाको प्रवाहमा ढिलाइ गर्न नहुने बताउँदै शान्तिसुरक्षालाई बलियो बनाउन र कार्यालयको काम कारवाहीमा देखिएको ढिलासुस्तीलाई निरुत्साहित गर्न सिसीटिभीको प्रयोगलाई प्राथमिकतामा राख्न सबैमा आग्रह पनि गर्नुभयो ।

Views: 356

प्रतिक्रिया (०)