Aamsanchar

आमाको दुर्घटनामा मृत्यु, ६ वर्षका छोरा गम्भीर, बाबु पाँच वर्षदेखि बेपत्ता !

Author Image
शुक्रवार, मंसिर ७, २०७५

धनगढी,

दिपायल सिलगढी नगरपालिका–४ बस्ने ३५ वर्षीया सशी विकको अमरगढी–११, रडुवाखोलामा बस दुर्घटनामा ज्यान गयो । बिहीबार साँझ भएको भयानक दुर्घटनामा परी विक सहित १८ जनाको मृत्यु भएको थियो।

विकका दुई सन्तान पनि दुर्घटनामा परे। ६ बर्षका छोरा नबिन बिक गम्भीर घाइते छन्। डडेल्धुरा अस्पतालबाट सेती अञ्चल अस्पतालमा रेफर गरिएका नबिनलाई अस्पतालले थप उपचारका लागि नेपालगञ्ज रेफर गरेको छ। अर्की १२ बर्षिया छोरी दीपा बिक पनि दुर्घटनामा परिन्। उनले अहिले डडेल्धुराको उपक्षेत्रिय अस्पतालमा उपचार भइरहेको छ। शसीका तीन सन्तान मध्ये दुई जना दुर्घटनामा घाइते अवस्थामा छन्।

आफुले घटनास्थलमै ज्यान गुमाइन्। अब नबिन र दीपाको एक्लो सहारा भएका छन् सशीका जेठा छोरा। उनकी एक जना आफन्तले भनिन् ‘५ बर्षदेखि श्रीमान््को अत्तो पत्तो छैन, आफू बित्नु भयो, छोराछोरी टुहुरा भए१’ सरस्वतीकी सहोदर बैनी संगिता विक पनि त्यी दुर्घटनामा परिन् । उनको अहिले सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ। ‘कसरी भयो ,के भयो, पत्तै पाइन् ।

होस् खुल्दा अस्पतालमा थिएँ।’ संगिताले भनिन्। दुर्घटनामा घाइते भएकाहरू मध्ये १४ जनालाई धनगढी ल्याइएको छ । शिखर नगरपालिका १० डोटीका ३६ बर्षिय भीम बलायर, सोही ठाँउमा २९ बर्षिया सरिता बलायर, सोमनी बलायर, दिपायल सिलगढी नगरपालिका–४ की २० बर्षिया संगीता विक, १६ बर्षीय महादेब रावल, २४ बर्षका शुशील बोहराको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

३० बर्षीय भक्त बहादुर बलायर र १० बर्षिय नविन बिकलाई थप उपचारको लागि अस्पतालले नेपलगञ्ज रेफर गरेको छ। कञ्चनपुरको भिमदत्त नगरपालिका, १७ की २० बर्षिया की मिना भुल, डडल्धेराको गन्यापधुरा गाउपालिका, ३ की २० बर्षिया डम्बरी भुल, सोही ठाउँका १८ बर्षिय ईन्द्र भुल, डोटीको शिखर नगरपालिका ११ का ११ बर्षिय विनोद किमाडी र सोही ठाउँका १६ का नारद बलायर रहेका छन्।

 

घाइते १४ जना मध्ये ४ जना गम्भीर रहेको भन्दै उनीहरुलाई नेपालगञ्ज रेफर गरिएको छ। दुई जनालाई माया मेट्रोबाट र २ जनालाई सेती अञ्चल अस्पतालबाट नेपालगञ्ज पठाइएको हो । यसैबीच डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा बस दुर्घटनाका घाइतेहरुलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अस्पतालमै पुगेर भेटेका छन्। मुख्यमन्त्रीसँगै भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहरा र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी समेत अस्पताल पुगेका थिए। घाइतेहरुलाई स्वास्थ्य लाभको कामना गर्दै मुख्यमन्त्री भट्टले उनीहरुको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्।

‘घाइतेहरुको उपचारमा कुनै कसर बाँकी नहोस्,’ चिकित्सकलाई मुख्यमन्त्री भट्टले भने, ‘यहाँ उपचार सम्भव नभए अन्यत्रै लैजाने व्यवस्था पनि हामी मिलाउँछौं।’ घाइतेहरुको उपचारमा संलग्न चिकित्सकहरुले उनीको अवस्था खतरामुक्त रहेको जानकारी दिएका थिए। मुख्यमन्त्री लगत्तै प्रदेश सभा सदस्यहरु तथा कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले पनि घाइतेहरुलाई भेटेर उपचारमा चासो राखेका थिए।–थाहाखबरबाट साभार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 303

प्रतिक्रिया (०)

सम्बन्धित खबर