Aamsanchar

अधिकांश वन कार्यालयको भवन जीर्ण

Author Image
शुक्रवार, मंसिर ७, २०७५

लहान, 

सिरहाका अधिकांश इलाका वन कार्यालय र सेक्टर वन कार्यालयको भवन जीर्ण हँुदा कर्मचारी जेखिमपूर्ण रुपमा काम गर्न बाध्य छन् ।

जिल्ला वन कार्यालय लहान सिरहाको मातहतमा रहेका सबै इलाका वन कार्यालय र सेक्टर वन कार्यालय जीर्ण हँुदा कतिपय कर्मचारी कार्यालय बाहिरै बसेर काम गर्दै आएका छन् भने कतिपय कर्मचारी जेखिमपूर्ण रुपमा कार्यालयभित्रै बसेर काम गर्न बाध्य छन् ।

बाह्रवटा इलाका वन कार्यालयमध्ये धर्मपुर इलाका वन कार्यालय बाहेक सबै कार्यालय भवन जीर्ण अवस्थामा छन् । सिरहाको तरेगना, कसहा मुक्सार, फुलबडिया, रामपुर बलटिया बन्दीपुरको कार्यालय भवन जीर्ण अवस्थामा छन् भने इलाका वन कार्यालय विष्णुपुरको कार्यालय भवनमा नेपाल प्रहरी बस्न थालेकाले काम गर्न समस्या भएको डिभिजनल वन कार्यालय सिरहाका सहायक वनअधिकृत अमरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार तत्कालीन माओवादी द्वन्द्वका क्रममा ध्वस्त पारिएको ढोढनास्थित इलाका वन कार्यालय भवन अझै पुनःनिर्माण हुन नसक्दा कर्मचारी बाहिरै बसेर काम गर्न बाध्य छन् ।

यस्तै इलाका वन कार्यालय बस्तीपुर, गोविन्दपुर, जमदह र भुल्केमा कार्यालय भवन नहुँदा काम गर्न समस्या हुँदै आएको कर्मचारी बताउँछन् । त्यस्तै लहान सेक्टर वन कार्यालय धनगढी र सिरहा सेक्टर वन कार्यालय मिर्चैयाको कार्यालय भवन समेत जीर्ण अवस्था रहेको यादवले बताउनुभयो ।

जीर्ण अवस्थामा रहेका कतिपय कार्यालय भवन चर्किएका छन् भने कतिपय भवन चुहिने र भत्किन थालेको उहाँको भनाइ छ । जीर्ण भवनको मर्मत र नभएको स्थानमा भवन निर्माणका लागि विभागमा पटक÷पटक पत्राचार गरे पनि हालसम्म कुनै सुनुवाइ नभएको उहाँले बताउनुभयो ।

कार्यालय भवन बस्ने योग्य नहुँदा कार्यालयको कामकाज सञ्चालनमा समस्या हुनुको साथै नियमित वन गस्ती गर्न नसक्दा काठ, दाउरा तथा अन्य वनजन्य पदार्थको चोरी तस्करी बढ्ेको उहाँको कथन छ ।

Views: 109

प्रतिक्रिया (०)