Aamsanchar

निर्मला पन्तका बुवाको मानसिक अवस्था बिग्रँदै, गाली गर्दै हिँड्न थाले

Author Image
शुक्रवार, मंसिर ७, २०७५

कन्चनपुर।

कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका बुवाको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ ।

छोरीको न्यायका लागि १३औं दिनदेखि धर्नामा बसेका निर्मलाका बुवा यज्ञराज पन्तको स्वास्थ्य अवस्थासँगै मानसिक अवस्था बिग्रँदै गएको हो ।

केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको टोलीले धर्नास्थलमै पुगेर पीडित परिवारको स्वास्थ्य परीक्षण गरेको थियो । तर, पछिल्लो समय यज्ञराजको स्वभाव असामान्य बन्दै गएको छ ।

उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको कन्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए ।

यज्ञराजमा रातभरि नसुत्ने, बर्बराउने समस्या देखिएको छ भने दिउँसो निर्मलाको नाम लिँदै रुँदै, अरुलाई गालीगलौज गर्दै हिँड्न थालेको बताइएको छ ।-इमेजखबरबाट

Views: 265

प्रतिक्रिया (०)

सम्बन्धित खबर