केशवराज भण्डारी/ झापा ।


झपाको अर्जुनधारा नगरपालिकामा ८ दिवशिय साम्दायिक मेलमिलाप सम्वन्धि तालिम सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोग तथा प्राकृतिक श्रोत तथा द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजिकरणमा तालिम सञ्चालन भएको थियो ।

मंसिर २ गते वाट सञ्चालन भएको तालिम विहानिको समयको समेत सदुपयोग गर्दै ७ लिनमा सम्पन्न भएको हो । स्थानिय सरकार सञ्चालन ऐनमा उल्लेख भए अनुसार नगर स्तरिय न्यायिक समितीको रोहवरमा हरेक वडामा गठित मेलमिलाप केन्द्रका सदस्यहरु १ वडा वाद्ध ४ जना मध्ये १ जना अनिवार्य महिला पर्ने गरि वडा वाट सिफारिस भएका ४४ जना मेलमिलाप कर्ताहरुले तालिम लिएका छन ।
जसमा विभिन्न सामाजिक अभियान्ता तथा अगुवाहरु सहभागि भएको अर्जुनधारा नगरपालिकाकी उप प्रमूख तथा न्यायिक समितीकी संयोजक कमला आचार्यले जानकारी गराइन ।

तालिममा सहभागि मेलमिलाप कर्ता नगरका मेलमिलाप कर्ताको रुपमा सुचिकृत हुने तथा हरेक ३ वर्षमा नविकरण गर्नुपर्न स्थानिय सरकार सञ्चालनमा उल्लेख भए अनुसार हुने साथै मेलमिलाप कर्ताले ऐनमा उल्लेख भएका आफ्ना अधिकार क्षेत्र भित्रका मुद्धाहरु मत्र छmफलको माध्यम वाट टुङ्ग्याउन मिल्ने ब्यवस्था छ । मेलमिलाप कर्ता कुनैपनि फौजदारी म्द्धाको अभियोगमा दोसी ठहरेमा नगरको सुचि दर्तावाट हट्ने तथा त्यस्तो अवस्थामा प्रमाण्पत्र स्वत खारेजहुने ब्यवस्था रहेको अर्जुनधारा नगरपासिलकाका प्रमुख तथा मेयर हरिकुमार रानाले वताए ।
स्थानिय सरकार सञ्चालन ऐन अनुसार १ वटा वडामा आवश्यकता अनुसार १ वा १ भन्दा वढी मेलमिलाप केन्द्र स्थापना गर्न सक्ने ब्यवस्था छ ।
७ दिन सम्म सञ्चालन भएको तालिमको समापन कार्यक्रममा नगर प्रमूख हरिकुमार राना, उप प्रमूख कमला आचार्य लगायतको उपस्थिति रहेको थियो भने प्रमुख अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको उपस्थिती रहेको थियो ।

