सागर गौतम/ खुदुनाबारी,

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले यो समयमा प्रतिपक्षी दलले सरकार फेल भयो भन्नुको कुनै अर्थ नरहने बताएका छन् । शनिवार झापाको अर्जुनधारामा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले प्रतिपक्षी दल कांगे्रसले सरकारको कामको मुल्याङ्कन गर्ने समय अहिले नभएको बताएका हुन् ।

उनले कांग्रेश सरकारमा भएको समयमा बिगारेको कामलाई सपार्दै सरकारको यतिका समय बितेको बताए । बिगतमा गरेका निर्णयलाई कार्यन्योयन गर्दै सरकार अघि बढेकाले कांग्रेसले सरकारको निर्णय गलत भन्नु आफ्नो गलत निर्णयको ढाकछोप गर्नु मात्र भएको दाबी गरे ।

‘निर्णय गर्नेबेला होस छैन, अहिले कार्यन्योयन गर्दा सोहि निर्णय किन अपाच्य भयो ?’ उनले प्रतिपक्षी दललाई प्रश्न गरे । राष्ट्रपतिलाई गाडी र प्रहरीको प्रशिक्षणको विषयलाई अहिले प्रतिपक्षि दलले बिवादको मुख्य विषय बनाएको बताउँदै मन्त्री पण्डितले ती सबै निर्णय प्रतिपक्षी दल सरकारमा भएकै समयमा गरिएको निर्णय भएको खुलासा गरे । निर्णय गर्ने समयमा होस नपु¥याउने र अहिले सोहि विषयमा कराउनुको अर्थ नभएको उनको भनाई छ ।

राष्ट्रसेवक कर्मचारीका विषयमा बोल्दै मन्त्री पण्डितले भविश्यमा स्थानीय, प्रदेश र केन्द्रिय तहको राष्ट्रसेवक कर्मचारी हुने बताउँदै तीनै स्थानको सेवासुबिधा पनि फरक बनाउने तयारीमा सरकार रहेको बताए । उनले स्थानिय तहको क्षमता अनुरुप पनि सेवा सुबिधा फरक हुने संघिय निजामती ऐनको तयारी गरिरहेको बताए । एक महिना अघि देखी सो निजामती ऐनका विषयमा क्याबिनेटमा छलफल भईरहेकाले क्याबिनेटले निर्णय गर्न साथ लागुहुने हुँदा सोहि अनुसारको मानसिकता बनाउन मन्त्री पण्डितले कर्मचारीलाई निर्देशन दिए ।
नगरका कर्मचारीसँग
अर्जुनधारा–८ स्थित खान्की होटलमा १ दिनको बसाईको क्रममा मन्त्री पण्डितले नगरपालिकाका कर्मचारी सँग अन्तरक्रिया सम्पन्न भएको थियो ।
कर्मचारी समायोजन, सुशासन सम्बन्धि आफ्ना–आफ्ना कुराहरु सुझावको रुपमा राखेँको नायब सुब्बा तिवेन्द्र अधिकारीले बताए । नगर प्रमुख हरि कुमार रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत पंकज भुर्तेलले संञ्चालन गरेको थिए ।
स्थानीय नेकपा कार्यकर्ता सँग भेटघाट
मन्त्री पण्डितले नेकपाका नेता तथा कार्यकर्ता सँग भेटघाट गरेँका थिए । उक्त भेटमा नेकपाका नेता तुलसी खतिवडा, लोकनाथ गौतम, योगेन्द्र आचार्य, रघुनाथ खनाल, तारा सुवेदी, मित्र खतिवडा, कुु्ुसुम राई लगायतको टोलीले भेटघाट गरेका थिए ।
मैथिलि समाजद्धारा सम्मान
स्थानीय नेपाल मैथिलि समाज अर्जुनधाराले मन्त्रि लालबाबु पण्डितलाई सम्मान गर्दै ज्ञापन पत्र समेत बुझाएका छन् । मैथिलि समाजका अध्यक्ष धनबीर यादवको नेतृत्वमा गएको टोलीले मन्त्री पण्डितलाई कदरपत्रले विशिष्ट सम्मान गरेका थिए । सम्मानसँगै ज्ञापनपत्र पनि बुझाएका छन् । पत्रमार्फत जन्मसिद्ध नागरिकताका कारण आउने सन्ततिलाई वैदेशिक रोजगार तथा शिक्षा आर्जनको लागि जटिलता उत्पन्न भएको हुँदा विशेष व्यवस्था गर्न आग्रह गरेका छन् ।
मैथिलि समाजलाई पनि नगरको विशेष कार्यक्रममा प्रतिनिधित्व गराउनको लागि आग्रह गर्दै मैथिलि समाजका धर्म संस्कृति परम्परामा स्थानीय सरकारले चासो देखाउनु पर्ने उल्लेख छ । प्रतिनिधि मण्डलसँग मन्त्रि पण्डितले मैथिलि भाषामै छलफल र अन्तरक्रिया समेत गरेका थिए ।
जलेश्वरधाम पुगेँ मन्त्रि पण्डित
अर्जुनधारा जलेश्वरधाममा दर्शन गर्न पुगेका मन्त्रि लालबाबु पण्डितलाई धाम समितिले गुरुकुल र मन्दिर स्तरोन्नतिको लागि स्मरणपत्र बुझाउँदै सहयोग गर्न आग्रह गरेका छन् ।
मन्दिर समितिका अध्यक्ष नविन गट्टानी, धामका अम्बिका खतिवडा लगायतले मन्दिरको विकासका लागि पटक–पटक माग गरिदा पनि बेवास्ता गरेको र गुरुकूलको स्तरोन्नतिका लागि शिक्षक दरबन्दिको माग गर्दा पनि चासो नदेखाएको भन्दै मन्त्रि पण्डित समक्ष सहयोगको आग्रह गरेका थिए ।
मन्त्रि पण्डितले बुझाएको ज्ञापन पत्रको फोटोकपी सहित मेरो मन्त्रालयमा हात लगाईदिनुहोस् म त्यो काम गर्नेछु भनी प्रतिवद्धता जाहेर गरेका थिए । धाममा भएको अन्तरक्रियामा नगर प्रमुख हरिकुमार राना, उपप्रमुख कमला आचार्य, नेकपा नेता कुन्दन भट्टराई, नगरका वडाध्यक्षहरु गजाधर खतिवडा, नवीन ढुङ्खना, डि.बी भारती, भैरव खड्का, गोपिचन्द्र गौतमको समेत सहभागिता रहेको थियो

