Aamsanchar

रिटर्नी माइग्रेट नेपाल झापाको प्रथम जिल्ला भेला सम्पन्न

Author Image
आइतवार, मंसिर ९, २०७५

झापा ।

पूर्व प्रबासीहरुको संगठन रिटर्नी माइग्रेट नेपाल झापाको प्रथम जिल्ला भेला तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाका केन्द्रीय महासचिव लक्ष्मी प्रसाद आचार्यको प्रमुख आथित्यमा झापाको विर्तामोडमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले देशको जटिल अवस्था देखि लिएर सिङ्गो अर्थतन्त्रमा प्रवासिहरुले पुर्‍याएको महत्वपुर्ण योगदानलाई देश फिर्ती पछि सरकारले बिर्सिएको बताए।

प्रवासमा हुँदा पुर्‍याएको योगदान तर्फ ध्यानाकर्षण गराउदै प्रवासिहरुले प्रवासबाट सिकेको ज्ञान, सीप र दक्षतालाई नेपाली माटोमा पोख्न सक्ने वातावरण बनाउन सरकार समक्ष आग्रह गरेका थिए ।

त्यस्तै प्रदेश संयोजक गोकुल थापाले पुर्व प्रवासीहरु आफैमा रोजगार हुने र अरुलाई रोजगार दिनसक्ने दक्षता राख्न सक्ने भन्दै यसका निमित्त राज्यले लगानिको सुनिश्चितता र वातावरण बनाउनुपर्नेै विचार ब्यक्त गरे ।

सम्बोधनका क्रममा प्रदेश कमिटी सचिव भरत शिवाकोटीले पूर्व प्रवासिहरु सङठित हुने शुरुवाती क्रममा रहेको उल्लेख गर्दै सरकारले खोलो तरेको तर लौरो बिर्सेको बताए ।

प्रवासिहरुले आफुले सिकेको सीप, ज्ञान र दक्षता देशको परिवर्तनको निमित्त पोख्न चाहेको तर सरकारले उनिहरुलाई नजरअन्दाज गरेपनि अब पुर्व प्रवासीहरुको आवाजलाई सरकारले सम्बोधन गर्नैपर्ने बेला आएको बताएका थिए ।

कार्यक्रममा अन्य वक्ताहरुले समेत पूर्व प्रवासीहरु देश विकास र समृद्धिको सम्बाहक बन्न सक्ने कुरामा जोड दिएका थिए ।

भेलाले भीम कुमार लकान्द्रीको अध्यक्षतामा २३ सदस्य झापा जिल्ला समिती गठन भएको छ । जसको उपाध्यक्ष कुमार थापा, सचिव सुनिल चौहान, सहसचिव प्रदिप कुमार सङग्रौला, कोषाध्यक्ष रोशनि अधिकारी रहेका छन् ।

सदस्यहरुमा मिरा संग्रौला, नेत्र प्रसार्इ, फुलकुमार धमला, दुर्गेश सापकोटा, देबकुमार ताजकुरिया, सुरेस थापा, लेखनाथ खतिवडा, नबराज खतिवडा, मित्रलाल पोख्रेल, शिब कुमार मेन्याङ्बो, सन्तोष पौडेल, मैया बजगाईं, प्रकाश पराजुली, पदम बर्देवा, छबिलाल बिस्वकर्मा, तारा कार्की, गणेश काफ्ले र हरि दियाली रहेका छन् ।

भीमकुमार लकान्द्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य कुमार थापाले राखेका थिए । कार्यक्रम संचालन सुनिल चौहानले गरेका थिए । कार्यक्रममा ५० बढीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 265

प्रतिक्रिया (०)