Aamsanchar

युनिकम नेपालको सम्भाब्यता अध्यायन बैठक बिराटनगरमा सम्पन्न

Author Image
आइतवार, मंसिर ९, २०७५

मोरङ ।

व्यापार क्षेत्रमा काम गर्ने श्रमिक हरुको सँगठन युनियन अफ कमर्स इम्प्लोइज युनिकम नेपाल को सम्भाब्यता अध्यायन बैठक शनिबार बिराटनगरमा सम्पन्न भएको छ ।

युनिकम नेपालका केन्द्रिय अध्यक्ष गजेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा ५० बढी श्रमिक र सरोकार वालाको सहभागिता थियो ।

व्यापार क्षेत्रमा काम गर्ने श्रमिकहरुको अधिकार सुनिश्चितताको लागी गठित युनिकम नेपालले मोरङ जिल्ला स्तरिय तदर्थ समिती समेत गठन गरेको छ ।

समितीको संयोजकमा प्रह्लाद राउत तथा सचिवमा देवकुमारी थापा चयन हुनु भएको छ ।

सदस्यहरुमा दिलिप कार्की सृजना पटेवा ,मुन्नी कर्ण ,पुनम राजवंशी ,सन्तोशी चौधरी ,र निशान कटुवाल रहनु भएको छ ।

यस्तै लक्ष्मी प्रसाद रिजाल ,अभय निरौला ,लेखनाथ अधिकारी ,सोनु चौधरी ,सन्जय सरदार ,कृपा नारायण चौधरी र शम्भु कसजु पनि सदस्यमा रहनु भएको छ ।

त्यस अघी श्रमिक र सरोकार वालाहरुलाई श्रमिक नेता बम बदादुर डिसिले श्रमिक अधिकार ,कर्तव्य र बिद्यमान श्रम ऐन का बारेमा सहजी करण गर्नु भएको थियो ।

छलफलमा सहभागिहरुले श्रमिक र रोजगार दाताका बीचमा देखिएका समस्या र समाधानका उपायका बारेमा जिज्ञासा राखेका थिए ।

कार्यक्रमको उद्घाटन सत्रमा नेपाल ट्रेड युनियन कङ्रेस आबद्ध जनार्दन निरौला र श्यामप्रसाद खड्गीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

मुलुकका ६२ जिल्लामा कृयाशिल युनिकम नेपालले सोमबार झापाको बिर्तामोडमा पनि सम्भाव्यता अध्यायन बैठक आयोजना गरेको केन्द्रिय अध्यक्ष गजेन्द्र पौडेलले जानकारी दिनु भएको छ ।

Views: 270

प्रतिक्रिया (०)