Aamsanchar

पूर्वसचिवद्वारा कोषमा १० हजार प्रदान

Author Image
आइतवार, मंसिर ९, २०७५

मङ्गलबारे,

नेपाल पत्रकार महासङ्घ इलाम शाखाले स्थापना गरेको पत्रकार आपत्कालीन राहत कोषमा शाखाका पूर्वसचिव बुद्धवीर राईले रु १० हजार सहयोग प्रदान गर्नुभएको छ ।

रोजगारीका लागि दक्षिण कोरिया जानुभएका राईले शाखाकी अध्यक्ष कोकिला ढकाललाई रु १० हजारको चेक प्रदान गर्नुभएको हो । रु ५० हजारबाट महासङ्घले एक महीनाअघि देखि सञ्चालन गरेको आपत्कालीन कोषमा अहिले ७० हजारभन्दा बढी पुगेको छ । उक्त कोषमा विभिन्न दाताले रकम प्रदान गरिरहेको महासङ्घका अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

जिल्लामा कार्यरत पत्रकारहरुलाई आपत्कालीन अवस्थामा सहयोग गर्न कोष स्थापना गरिएको हो ।

Views: 330

प्रतिक्रिया (०)