Aamsanchar

अर्जुनधाराले सुरु गर्यो महिला हिंसा विरुद्धको १६ दिने अभियान

Author Image
आइतवार, मंसिर ९, २०७५

केशवराज भण्डारी/  झापा,

 
झापाको अर्जुनधारा नगरपालिकाले नोबेम्बर २५ देखि विश्व भर सञ्चालन हुने महिला हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ गरेको छ ।

अर्जुनधारा नगरपालिकाको महिला तथा वालवालिका कार्यालयको आयोजनामा सुरुवात गरेको अभियानको पहिलो दिन नगरपालिकाको कार्यालयवाट ¥याली शुभारम्भ गरी अर्जुनधारा जलेश्वर धामको परिक्रमा गर्दै शनिश्चरे वजारमा रहेको जेष्ठ चौतारीमा भब्य सभाका बीच उध्घाटन कार्यक्रम विसर्जन गरिएको थियो । अर्जुनधारा नगरपालिकाका प्रमुख तथा मेयर हरिकुमार रानाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा सोहि नगरपालिकामा कार्यरत महिला तथा वालवालिका शाखाकी प्रमुख उमा अधिकारीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेकी थिइन ।

लैंगिक हिंसा र दुब्र्यवहार छैन हामीलाइ स्विकार भन्ने मुल नाराका साथ सञ्चालन भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका भित्रका सामुदायिक तथा निजि विद्यालयका विद्यार्थी, विभिन्न राजनितिक दलका प्रतिनिधि, बुद्धिजिवि, नेपाल प्रहरी तथा महिला सेल, सर्वसाधारण गरि ३ सय जनाको उपस्थिती रहेको कार्यक्रममा विभिन्न महिला हिंसा विरुद्धका चेतना मुलक प्ले कार्ड तथा ब्यानर सहित नगर परिक्रमा गरी कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रममा उप प्रमूख कमला खतिवडा, विद्यार्थीका तर्फ वाट अर्जुनधारा नगरपालिका स्तरीय वाल सञ्जालकी अध्यक्ष निशा कुईकेल, नेपाली कंग्रेसका तर्फ वाट प्रतिनिधि सरस्वती सिटौला, नेपाल कम्युनिष्ट पार्टीका तर्फवाट कमला भण्डारी, अर्जुनधारा प्रेस क्लवका अध्यक्ष कुमार भट्टराई, विर्तामोड अनारमनी इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी कृष्णप्रसाद कोइराला, अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पंकज भुर्तेल लगायतले मन्तब्य राखेका थिए ।

मेयर हरिकुमार रानाले मन्तब्य राख्दै स्तगित गरिएको कार्यक्रममा वोल्ने अधिकांश बक्ताहरुले महिला हिंसा अन्त्यका लागि सवैले सोच बदल्नु पर्नेमा जोड दिएका थिए ।

महिला हिंसा विरुद्धको १६ दिने अभियान नोबेम्बर २५ देखि डिसेम्वर १० सम्म विश्वभर सञ्चालन हुदै आएको छ । जस अन्तर्गत नेपालमा पनि देसै भर १६ दिन सम्म विभिन्न कार्यक्रम गरी मनाउदै आइएको छ ।

Views: 265

प्रतिक्रिया (०)