Aamsanchar

झापाको शिवसताक्षीमा आगलागीमा परी एकै परिवारका चार जनाको मृत्यु

Author Image
सोमवार, मंसिर १०, २०७५

झापा ।

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर –७ लालझोडामा आगलागीमा परी चार जनाको मृत्यु भएको छ ।

अचानक घरमा आगो लाग्दा एकै परिवारका चार सदस्यको मृत्यु भएको हो । आइतबार राती साढे १० बजेको समयमा आगलागी भएको प्ररीले जनाएको छ । भानु माध्यमिक बिद्यालयबाट २० मिटर नजिक रहेको खनाल परिवारका सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी भएको इलाका प्रहरी कार्यालय झिल्झिलेले जनाएको छ ।

काठको सेन्टर बेरा भएको घरमा चारै तिरबाट आगो लागिसकेको अवस्था गाउँलेले थाहा पाएको शिवसताक्षी वडा नं– ७ वडाध्यक्ष नविन इजमले जानकारी दिए । उनका अनुसार दमक नगरपालिकाको दमकल आएर आगो निभाउँदा सबै परिवारका सबै सदस्यको मृत्यु भइसेको थियो ।

मृत्यु हुनेमा ३६ बर्षीय लक्ष्मण खनाल, ३० बर्षीया राधिका खनाल, ४ बर्षीया सुप्रिया खनाल तथा ३ महिनाका टिकाराम खनाल रहेका छन् । आगलागी के कारणले भएको हो भन्ने प्रहरीले अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर