

बिर्तामोड । सडक दुर्घटना न्यूनिकरण महाअभियान अन्र्तरगत पहिलो चरणको कार्यक्रको आय–व्यय सार्वजनिक गरिएको छ ।

प्रदेश नम्बर–१ मा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै गत मंसिर ४ गते झापाको बिर्तामोडबाट सडक दुर्घटना महाअभियानको शुभारम्भ गरिएको थियो । नेपालकै बहुचर्चित नेपथ्य ब्याण्डले आफ्नो सांगीतिक प्रस्तुत गर्दै प्रदेश– १ मा सडक दुर्घटना महाअभियानको शुभारम्भ गरेको कार्यक्रको सोमबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलन मार्फत अभियानका संयोजक महेन्द्रकुमार गिरीले आय–व्यय सार्वजनिक गरेका हुन् ।

संयोजक गिरीले ७७ लाख ४७ हजार रुपैयाँ आम्दानी र ५६ लाख ८४ हजार ४ सय ६२ रुपैयाँ खर्चको बिवरण प्रस्तुत गरेका छन् । ५ हजार १ सय ८६ जनालाई १ हजार दरको टिकट बिक्रिबाट ५१ लाख ८६ हजार र प्रयोजक मार्फत २५ लाख ६१ लाख गरी ७७ लाख ४७ हजार आय भएको गिरीले जानकारी दिए ।

कार्यक्रम प्रवद्र्धन खर्च एक लाख ५४ हजार ३ सय १०, छपाई खर्च ८० हजार २ सय २०, प्रचार प्रसार खर्च १ लाख ५९ हजार ८ सय ९०, नेपथ्य टिम खर्च ४६ लाख ९० हजार ६ सय २, सचिवालय खर्च २ लाख ८१ हाजर ३ सय २३ मैदान व्यवस्थापन खर्च २ लाख ६४ हजार ६ सय ८८ सुरक्षा खर्च ५६ हजार ४ सय २९ गरेर ५६ लाख ८४ हजार ४ सय ६२ रुपैयाँ व्यय भएको संयोजक गिरीले सार्वजनिक गरेका छन् । कार्यक्रमबाट २० लाख ६२ हजार ५ सय ३८ बचत भएको छ ।
बिभिन्न ४ चरणमा चल्ने यस महाअभियानको दोस्रो चरणको कार्यक्रमका लागि १० वटा मोटरसाइकल प्रयोजकबाट प्राप्त भई सकेको समेत जानकारी गाराईएको छ । महाअभियानको दोस्रो चरणमा माघमा प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई १० वटा मोटरसाइकल, १० वटा ब्रेथ लाइजर, २ वटा ¥याडर गन, केही थान वकीटकी र तीनवटा जेब्राक्रस मार्किङ मेसिन प्रदान गर्ने महाअभियानका संयोजक गिरीले जानकारी दिए ।

