Aamsanchar

टेलिभिजनको ‘स्टन्ट’ हेरी नक्कल गर्दा भद्रपुरमा एक बालकको ज्यान गयो

Author Image
मङ्गलवार, मंसिर ११, २०७५

भद्रपुर ।

टेलिभिजनमा देखाइने स्टन्ट’ तथा अभिनय हेरेर त्यसैको नक्कल गर्न खोज्दा झापामा ९ वर्षीय बालकको ज्यान गएको छ । भद्रपुर नगरपालिका–९ मा बस्दै आएका हरिप्रसाद मिश्र र देवी मिश्रका ३ कक्षामा अध्ययनरत सचिनले झुन्डिएर आत्महत्या गरेका हुन् ।

मिश्र परिवारमा ५ वटा छोराछोरीमध्ये सचिन कान्छा हुन् । परिवारका अनुसार पढाइमा अब्बल उनले टेलिभिजनमा देखाइने हरेक दृश्य नक्कल गर्थे । खासगरी चलचित्र तथा विज्ञापनमा देखाइने हरेक दृश्य र ‘स्टन्ट’नक्कल गर्थे ।

अहिले पनि टेलिभिजनमा देखाइए अनुसार सिलिङमा झुन्डिराखेको अवस्थामा सचिनको मृत्यु भएको हो । हजुरबुवा देवीभक्तका अनुसार उनी टेलिभिजनको दृश्य नक्कल गर्दै झुन्डिने प्रयास गरेका थिए । टिभी अगाडी आमा र दिदीका ७ वटा सल थुपारेको, दुवै हात, कम्मर र घाँटीमा ३ वटा सल बाँधेर अनौठो किसिमले झुण्डिएको अवस्थामा देखिएको मृतकका छिमेकी राम भारतीले बताए ।

‘सधैँ स्कुल जान्थ्यो गयो होला भनेर हामीले घरमा को छ भनेर वास्ता गरेनौँ,’ देवीभक्तले भने । चिया फ्याक्ट्रीमा काम गरेर फर्कँदै गर्दा छोरो झुन्डिएको अवस्थामा देखेपछि आमा देवी बेहोस् बनेकी छन् । मृतकको शव प्रहरीले पोष्टमार्टम गर्दा पनि घाँटीमा सल कसिएर निस्सासिएर मृत्यु भएको देखिएको बताइएको छ । अन्नपूर्ण पोष्टबाट

Views: 143

प्रतिक्रिया (०)