पर्वत ।

खानासँगै मासु खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किएर पर्वतमा एक जनाको मृत्यु भएको छ।

जिल्लाको कुश्मा नगरपालिका १० पिपलटारीका ४१ वर्षीय कर्णबहादुर नेपालीको मंगलबार राति ९ बजेको समयमा खाना खाने क्रममा मासुको चोक्टा अड्किएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए।
घाँटीमा चोक्टा अड्किएपछि घरमै केही समय निकाल्ने प्रयास गरेको भए पनि चोक्टा तल९माथि नसरेपछि उनलाई राति नै जिल्ला अस्पताल पर्वतमा लगिएको थियो।

उपचारको लागि जिल्ला अस्पताल पर्वतमा ल्याइएको भए पनि अस्पतालले भने मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए। थाहाखबरबाट
Views: 213

