खुदुनाबारी।

झापाको अर्जुनधारा नगरपालिकामा आयोजित कार्यक्रमका सहभागी वक्ताले अर्जुनधारा नगरपालिकालाई विषादिरहित नगरपालिका बनाउनुपर्नेमा जोड दिएका छन् ।

अर्जुनधारा–५ स्थित पाण्डवपुर आईपीएम कृषक पाठशालाको तालिम समापन कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । ‘आईपिएम प्रविधि अपनाऔं, दिगो कृषि विकासमा टेवा पु¥याऔं’ भन्ने मूल नाराका साथ नेपाल जिविकोपार्जन तथा उत्पादनशील कार्यक्रम अन्तर्गत आइपीएम पाठशाला सम्पन्न भएको हो । कारितास नेपाल दमक शाखाको आर्थिक सहयोगमा आयोजित कार्यक्रमको उद्घाटन गोलभेंडाको बिरुवामा पानी हालेर अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार रानाले गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख रानाले कारितास नेपालको कार्यक्रमलाई तालमेल मिलाएर कृषकलाई अनुभूति गराएर लैजाने बताए । कृषकलाई मल, बीऊ प्रविधिको व्यवस्था मिलाउन नगरको कृषि शाखा तयार रहेको उनले बताए ।

कार्यक्रममा अर्जुनधारा नगरपालिका कृषि शाखा अधिकृत शालीकराम भट्टराईले एकीकृत समूचित व्यवस्थापन (आईपीएम) नगरले ११ नम्बर वडा स्थित हात्तीपाइले क्षेत्रमा सञ्चालन गरिरहेको बताए । उनले पाङ्गारिक कृषिलाई बृद्धि गर्ने रसायनिक पदार्थलाई न्यूनीकरण गर्ने नगरले लिएको पाङ्गारिक कृषिको नीतिलाई टेवा पु¥याएको बताए ।
अर्जुनधारा नगरपालिका वडा–५ अध्यक्ष ध्यान बहादुर भारतीले नगरले लिएको नीतिसँग आईपीएम कार्यक्रमले सहयोग पु¥याएको बताए । कार्यक्रममा पाण्डवपुर कृषि बचत सहकारी संस्था लि. का अध्यक्ष अर्जुन रेग्मी, समाजसेवी देवराज बुढाथोकी, कारितास नेपालका प्रतिनिधि टंक कट्टेल, नगर सभा सदस्य सकुन्तला घिमिरेले आईपीएम कृषक पाठशाला कार्यक्रम नगरको सबै वडामा सञ्चालन गर्नुपर्ने बताए । कार्यक्रममा उष्कृष्ट कृषकको रुपमा शिवसतासी निवासी चन्द्रकला शिवा, बृद्धशान्ति निवासी चन्द्रकला चौधरी, दुवागढी निवासी टंकमाया ओझा, अर्जुनधारा निवासी हरिकृष्ण खड्कालाई झिझरी हस्तान्तरण गरिएको थियो ।
२२ हप्तामा प्राप्त पाठशालाको प्रतिवेदनमा ३२ प्रतिशतले कृृषि क्षेत्रमा प्रगति भएको सहभागिता जनाएकी मेनुका बिसखेँले प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा सहभागीहरुले विषादि नियन्त्रण, पाङ्गारिक खेतीको महत्व विषयक नाटक, कविता, नृत्य प्रस्तुत गरेका थिए । खिनमाया धिमालको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल, प्रेस सल्लाहकार सागर गौतम लगायतको आतिथ्य रहेको थियो ।

