Aamsanchar

द्वन्द्वकालमा विस्थापित प्रहरी चौकी पुनःस्थापना

Author Image
बिहिवार, मंसिर १३, २०७५

लहान,

सशस्त्र द्वन्द्वकालमा विस्थापित भएको प्रहरी खिरौना चौकी पुनःस्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बुधबार पुनःस्थापित चौकी उद्घाटन् गर्नुभयो ।

तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वका समयमा विस्थापित भई जिल्ला प्रहरी कार्यालयमा उक्त चौकी गाभिएकामा पुनः स्थापना भएसँगै सो क्षेत्रको शान्ति सुरक्षा सुधार आउने विश्वास गरिएको छ ।

तत्कलका लागि प्रहरी सहायक निरीक्षको नेतृत्वमा १० प्रहरी परिचालन गरिएको उक्त कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

Views: 97

प्रतिक्रिया (०)