वीरगञ्ज,

सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म वीरगञ्जले आज तीन किलो चरेससहित एक भारतीयलार्ई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको कोलकाताका ३६ वर्षीय इकवाल शेख रहेका छन् । वीरगञ्ज नाकाबाट रक्सौलतर्फ तीन प्लास्टिकमा लुकाइछिपाइ लगिरहेको अवस्थामा पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काले जानकारी दिनुभयो ।
शेखलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा लगिएको छ ।

Views: 168

