Aamsanchar

खेलकूद प्रतिभा तथा युवा पत्रकारिता पुरस्कारबाट १४ जना सम्मानित

Author Image
शुक्रवार, मंसिर १४, २०७५

काठमाडौँ, 

युवा तथा खेलकूद मन्त्रालयले खेलकूद र युवा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने १४ जनालाई खेलकूद प्रतिभा तथा युवा पत्रकारिता पुरस्कारबाट आज यहाँ सम्मान गरिएको छ ।

यसरी सम्मानित हुनेमा खेलकूद क्षेत्रतर्फ भारोत्तोलनका कमलबहादुर अधिकारी, तेक्वान्दोकी यानकुमारी चौलागाईं, एथलेटिक्सका विश्वरुपा बुढा र सोमबहादुर कुमाल, भलिबलकी निताकुमारी शाह र पारा तेक्वान्दोकी रञ्जना धाँमी छन् ।

त्यस्तै एथलेटिक्स प्रशिक्षक हरिबहादुर रोकाया, ब्याडमिन्टन रेफ्री दीपक थापा, खेल चिकित्सक अजय शमशेर जबरा र सङ्घसंस्थाबाट नेपाल बोसिया सङ्घ सम्मानित भएका छन् । सम्मानित सबैलाई जनही रु एक लाख नगदसहित खेलकूद प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।

त्यसैगरी युवा पत्रकारिता पुरस्कार पाउनेहरुमा गोरखापत्र दैनिक दाङकी सविता शर्मा, सामुदायिक सूचना नेटवर्क बाँकेका लीलाप्रकाश चन्द, जनता टेलिभिजन मकवानपुरका रामकुमार रिजाल र अनलाइन खबर बाग्लुङका विश्वास बुढाथोकी हुनुहुन्छ । उनीहरुले जनही रु ५० हजार प्राप्त गरेका छन् ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्ट, उपाध्यक्ष पीताम्बर तिमल्सिना लगायतले उहाँहरुलाई सो पुरस्कारबाट सम्मान गर्नुभयो ।
सो अवसरमा खेलकूदमन्त्री विश्वकर्माले यस किसिमको सम्मानले खेलाडीमा आत्मबल बढ्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रमा भएका कमीकमजोरीलाई सुधार्दै लैजाने धारणा व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर