Aamsanchar

ए डिजिभन लिग– प्रहरीद्वारा एनआरटी पराजित

Author Image
शुक्रवार, मंसिर १४, २०७५

काठमाडौँ, 

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको पाँचौँ चरणको पहिलो खेलमा नेपाल प्रहरी क्लबले न्यूरोड टिम (एनआरटी)लाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा प्रहरीले एनआरटीलाई शुन्यका विरुद्ध एक गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित हात पा¥यो । जितसँगै प्रहरी अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यस खेलसँगै प्रहरीले १० अङ्क जोडेको छ ।

प्रहरीको जितमा नीरकुमार राईले दुई गोल गरे भने अभिषेक रिजालले एक गोल गरे । खेलको पहिलो हाफको ४१ औँ मिनेटमा प्रहरीका नीरकुमारले अजित भण्डारीको पासमा हेड गोल गर्दै पहिलो अग्रता लिए ।

खेलको पहिलो हाफसम्म शुन्यका विरुद्ध एक गोलको अग्रता लिएको प्रहरीले दोस्रो हाफमा दुई गोल थप्यो । खेलको ६६ औँ मिनेटमा प्रहरीका अभिषेकले गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाए भने खेलको ८२ औँ मिनेटमा नीरकुमारले व्यक्तिगत दोस्रो गोल गरे ।

खेलमा प्रहरीका नीरकुमार राई म्यान अफ दि म्याच घोषित भए । पराजित एनआरटी एक अङ्कका साथ लिगको पुछारमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर