Aamsanchar

विपन्न ६० बालबालिकालाई जेसीजले दियो टाई, बेल्ट

Author Image
शुक्रवार, मंसिर १४, २०७५

दुर्गापुर।


बिर्तामोड–१ स्थित वीरता जेसीजले कनकाई नगरपालिका–१ स्थित पशुपति प्राथमिक विद्यालयका ६० विद्यार्थीलाई टाई, बेल्ट वितरण गरेको छ ।

विद्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई टाई, बेल्ट प्रदान गरेको हो । गिट्टी कुट्ने मजदुर तथा अन्य मजदुरी गरी जिविकोपार्जन गर्ने विपन्न परिवारका बालबालिका अध्ययन गर्ने सो विद्यालयमा जेसीजले गुणात्मक शिक्षाका लागि टेवा पुर्याउन उक्त सामग्री वितरण गरेको हो ।

टाई, बेल्ट पाउँदा बालबालिका खुशीले हर्षित देखिन्थे । सम्पन्न परिवारका आफ्ना छिमेकी तथा साथीहरु टाई, बेल्टमा सजिएर निजी विद्यालय गएको देख्दा आफूहरुले पनि त्यस्तै लाउन पाए हुन्थ्यो भन्ने उनीहरुको मनोभावना भइरहेका बेला वीरता जेसीजले त्यो आवश्यकता पूरा गरिदिएको प्रधानाध्यापक गोविन्द चौहानले बताए ।

अध्ययनका लागि अब उनीहरुको उत्साह अझ बढ्ने बताइएको छ । वीरता जेसीजले यसअघि सोही विद्यालयका बालबालिकालाई ब्याग, जुत्ता–मोजा, ज्यामिती बक्स, कापी लगायतका सामग्री प्रदान गरेको थियो । वीरता जेसीजका पूर्व अध्यक्ष विनोद बस्नेतको संयोजनमा उक्त सामग्री प्रदान गरिएको थियो ।

कार्यक्रम अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको महासचिव विनोद पाण्डेले जानकारी दिए । उक्त अवसरमा विद्यार्थी तथा शिक्षकका लागि वन्दी मोर र अधिवक्ता कोपिला खड्का बस्नेतद्वारा लिखित सन्देशमुलक ‘विभूतिको जिज्ञासा : बच्चा कसरी बनिन्छ रु’ ७० थान पुस्तक प्रदान गरिएको थियो ।

उक्त विद्यालयमा अब चिसो बढेसँगै ती बालबालिकाका लागि न्यानो कपडा९स्वेटर० को आवश्यकता रहेको शिक्षक खेम कार्कीले बताए ।

Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर