Aamsanchar

महोत्सवमा आगन्तुकको भीड बढ्यो

Author Image
मङ्गलवार, पौष १७, २०७५

प्रकाश उप्रेती / बिर्तामोड ।

असहाय विद्यार्थीको शैक्षिक उन्नयन गर्ने उद्देश्यले झापाको बिर्तामोडमा आयोजित ‘बिर्तामोड महोत्सव २०७५’ मा उत्कृष्ट खेल–तमासाले दैनिक रुपमा आगन्तुकको भीड बढेकोे छ ।

संयुक्त युवा परिवार झापाले पुष १३ देखि २५ गतेसम्म सञ्चालनमा ल्याएको महोत्सवमा दैनिक स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुति बढेपछि दर्शक तथा आगन्तुकको भीड बढेको हो । सुरुको दुई दिन महोत्सवमा प्रवेश गर्ने संख्या सामान्य भएपछि खेल तमासा र कलाकारको प्रस्तुति बढेपछि आगन्तुको संख्या बढेको संस्थाका अध्यक्ष प्रदीपकुमार श्रेष्ठले बताए ।

कृषि तथा व्यापारलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सवमा कृषि तथा व्यापारिक स्टल कमै भएपनि स्टल बुकिङ गर्नेको संख्या उत्तिकै बढेको छ । आइटी तथा विज्ञान, कम्प्युटर इलेक्ट्रोनिक तथा मेसिनरी, अटो तथा मोटरपार्टस्, शैक्षिक सामाग्री, शैक्षिक परामर्श सेवा, कृषिजन्य उत्पादित वस्तुहरु, श्रृंगारका सामान, पहिरन तथा लत्ताकपडा, जुत्ताचप्पल लगायतका स्टल राख्ने व्यवस्था मिलाएको संस्थाका महासचिव बद्री महतले बताए ।

महोत्सवमा ब्रेक डान्स, घोडाचडी, मओतका कुवा, रोटे पिङ, बालबालिकाको खेलौनालगायतका खेल सामाग्रीले सहभागी दर्शकले भरपुर मनोरञ्जन लिइदैआएको ठेकेदार विवेक अग्रवालले बताए ।

मंगलबार साँझ राष्ट्रिय गायक ताराप्रकाश लिम्बुको बेजोड प्रस्तुति रहेको थियो । त्यसैगरी पुष १९ गते कमल खत्री, २१ गते ज्योति मगर, २२ गते त्रिसणा गुरुङ, २३ गते राजेशपायल राई, २५ गते भिटेनको प्रस्तुति रहने आयोजकले जनाइएको छ ।

साथमा दैनिक चर्चित राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहनेछ । पुस २३ गते स्थानीय तथा राष्ट्रियस्तरका कवि तथा लेखकको खुल्ला कविता प्रतियोगिताको तयारी गरिएको छ । सो प्रतियोगितामा प्रथम, द्धितीय र तृतीयलाई क्रमशः ८ हजार, ५ हजार र ३ हजार राशीद्धारा पुरस्कृत गरिनेछ कोषाध्यक्ष भोजराज पराजुलीले बताए ।

२० लाख अनुमानित खर्च हुने र २५ लाख आम्दानी गर्ने लक्ष्य समितिले राखेको महोत्सव आयोजकले मेचीनगरका अग्नीपीडितलाई सहयोग गर्ने भएको छ । गत विहीबार मेचीनगरको काँकरभिट्टामा आगलागीबाट २२ वटा छाप्रा जलेर नष्ट हुँदा सवा १ करोडबढीको क्षति भएको थियो ।

Views: 227

प्रतिक्रिया (०)