दिपेन लावती / शान्तिनगर,



झापाको बुद्धशान्ति–७ धारागोलामा पाँच जना किसान सम्मानित भएका छन् । बुधवार धारागोला भ्यूटावर, जरेवर तथा बुद्धशान्ति महोत्सवक २०७५ को पाँचौ दिनमा आयोजित ‘कृषि उपज प्रदर्शनी’मा उनीहरु सम्मानित भएका हुन् ।
सम्मानित हुनेहरुमा ब्यवसायिक टनेल खेती गर्दै आएका ढाकानाथ चौलागाँई, तरकारी खेतीबाट दलवहादुर राई, गाईपालनवाट कमला पोख्रेल, अर्ग्यानिक खेतीवाट बिष्णुमाया सुवेदी र सुपारी खेतीवाट दिलवहादुर बराईली रहेका छन् ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी बुद्धशान्ति गाउँपालिका–७ का वडाध्यक्ष मात्रिकाप्रसाद पौड्यालले खदा र सम्मान–पत्र प्रदान गरी सम्मान गरेका थिए । वडास्तरिय कृषि समिति बुद्धशान्ति–७ को आयोजना तथा कारितास नेपाल, अष्ट्रेलियन एड, बुद्धशान्ति गाउँपालिकाको सहयोगमा महोत्सवमा कृषि उपज प्रदर्शनी कार्यक्रम आयोजना गरिएको हो ।
वडास्तरिय कृषि समिति बुद्धशान्ति–७ का अध्यक्ष खगेन्द्र गड्तौलाको अध्यक्षता तथा ७ नम्वर वडाध्यक्ष पौडेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा कृषि सेवा केन्द्र बुधवारेका प्रमुख भुपेन्द्र यादव र महोत्सव आयोजक समितिका अध्यक्ष चक्र शेर्माको बिशेष आतिथ्य रहेको थियो ।
परिकल्पना स्प्रीङ्कल जल उपभोक्ता समितिका सचिव तीर्थप्रसाद पोख्रेलले स्वागत गरेको कार्यक्रममा भ्यूटावर निर्माण समितिका अध्यक्ष नीरकुमार सुवेदी, नमुना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मोहन आचार्य, कारितास नेपालका प्रतिनीधि टङ्क कट्टेल, आइपीएम पाठशालाका सहजकर्ता लक्ष्मि भण्डारी, शान्तिनगर ग्रामिण खानेपानी आयोजनाका अध्यक्ष सुर्य ढुंगाना, स्वास्थ्य इकाई ७ नम्वरका इन्चार्ज अर्जुन कुइकेल, वडासचिव शशी पनेरु लगायत विभिन्न कृषि संघ संस्थाका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।
कृषि स्टलमा राखिएका कृषि उपज सामाग्री मध्ये उत्कृष्ट छनौट गरी पुरस्कार समेत प्रदान गरिएको थियो । यसका साथै म्युजिकल चियर, वजन पत्ता लगाउने, हाडी फुटाउने, नाप पत्ता लगाउने, अन्तर कृषि समुह हाजिरी जवाफ प्रतियोगिताका प्रथम, द्धितिय र तेस्रो हुनेहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो । सो कार्यक्रमको सञ्चालन मात्रिकाप्रसाद निरौलाले गरेका थिए ।

