यस बर्षवाट मोडलिङ्गको दुनियामा उदाउन पहिलो पटक क्यामरा फेस गरेकी झापा विर्तामोड नगरपालिका २ चारपानेकी कृतिका शिवाकोटी आफू र्याम्प एवं फोटोसुटमै रमाइरहने बताउँछिन् ।
अझैपनि मोडलिङ्ग क्षेत्रलाई समाजले हेर्ने सोचमा पूर्ण रुपमा सकारात्मक परिवर्तन आउन नसेकोले केही नयाँ पन र यो क्षेत्रलाई मर्यादित बनाउने अभियानमा लाग्न कलेजका साथीहरुले अभिप्रेत गरेपछि यो क्षेत्रमा पहिलो कदम बढाएको बताउछिन नव मोडल शिवाकोटी ।
बुवा विष्णु र आमा सुनिता शिवाकोटीकी जेठी सुपुत्री कृतिका अहिले विर्तामोड २ मा रहेको निदी साईन्स ब्लकमा १२ कक्षामा अध्ययनरत छिन, ५ फिट ४ ईच्च उचाई भएकी १७ बर्षीय कृतिकाको बान्की परेको शरिर, सकारात्कम सोच, रचनात्मक काम गर्ने ईच्छा शक्तीका कारण आफू एक स्थापित मोडलको रुपमा परिचत बन्न सक्ने बताउछिन ।
मोडल : कृतिका शिवाकोटी
लोकेशन : सताक्षीखोला
श्रृगार : तनु निरौला
प्रकास : लक्ष्मी सिटौला
क्यामरा : विनोद पाण्डे (कमल)