Aamsanchar

“हामी ३८ से”समूहले शेषनारायणको मूल मन्दिर निर्माण गर्ने

Author Image
बिहिवार, पौष १९, २०७५

अर्जुनधारा।

झापाको अर्जुनधारा–४ रातेखालस्थित सिंहवाहिनी देवी भद्रकाली शक्तिपीठमा सम्पन्न भएको श्रीमद् लिङ्ग महापुराण धन धान्याञ्चल ज्ञान महायज्ञको आय–व्यय सार्वजनिक गरिएको छ ।

गत मंसिर २६ गतेदेखि पुस २ गतेसम्म सञ्चालन भएको महायज्ञको आय–व्यय विवरण महायज्ञ मूल आयोजक समारोह समितिका संयोजक अमृत बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले सार्वजनिक गरेको हो ।

महायज्ञको जम्मा आम्दानी चार लाख ३८ हजार दुई सय तीन रुपैयाँ, जम्मा खर्च एक लाख ९६ हजार दुई सय रुपैयाँ र जम्मा बचत दुई लाख ४२ हजार तीन रुपैयाँ रहेको संयोजक बुढाथोकीले जानकारी दिए । बचत भएको उक्त रकम शक्तिपीठ परिसरमा निर्माणाधीन अवस्थामा रहेको शेषनारायणको मन्दिरको भवनमा खर्च गरिने संयोजक बुढाथोकीले बताए ।

महायज्ञको सन्दर्भमा सामाजिक क्षेत्रमा क्रियाशील शनिश्चरे माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको समूह “हामी ३८ से”बाट शेषनारायणको मन्दिर निर्माण गरिदिने घोषणा भएको कोषाध्यक्ष कोशी राईले जानकारी दिइन् ।

Views: 149

प्रतिक्रिया (०)