( विनोद पाण्डे कमल)

चारपाने, पुष, २१ । बिर्तामोडका हरेक बाटो तथा गल्लीमा सीसी क्यामरा जडान गरिएको छ ।


बिर्तामोड सहरलाई केन्द्रित गरेर सहरका विभिन्न स्थान र छिमेकी नगरपालिकाको कनकाईको लक्ष्मीपुर र अर्जुनधाराको केही स्थानमा समेत गरि ६४ वटा एचडी सीसी क्यामरा जडान गरिएको एक कार्यक्रममा बताईएको छ ।


शनिवार बिर्तामोड ईलाका प्रहरी कार्यलय परिसरमा आयोजित समुदाय–प्रहरी साजेदारी सिसि क्यामरा उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उक्त क्यामरा जडान गरिएको जानकरी दिइएको थियो । बढदो सडक दुर्घटना, ट्राफिक नियमको दायरामा हरेक चालकलाई ल्याउन, साना तिना सामाजिक र जधन्य अपराधलाई न्यूनिकरण गर्ने उदेश्यले स्थानिय संघ संस्थाका प्रतिनिधी, समाजसेवीहरु र ईलाका प्रहरी कार्यालयको सक्रियतामा सिसि क्यामरा जडान गरिएको हो।
कार्यक्रमको उदघाटन प्रदेश नं. १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सिसि टिभीको मनिटर प्रर्दशन गरेर उदघाटन गरेका थिए । सिसि टिभी जडान समितिका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसदहरु एकराज कार्की, जसमाया गजमेर, झलकसिंह दर्लामी, जिल्ला समन्वयन समिति झापाका सभापति सोमनाथ पोर्तेल, प्रदेश प्रहरी प्रमुख केदार रिजाल, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, झापा जिल्ला प्रहरी प्रमुख भिमप्रसाद ढकाल, ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख कृष्ण कोईराला, विर्तामोड नगर प्रमुख ध्रुबकुमार शिवाकाटी, झापा जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेश राई, बिर्तामोड वडा नं. १ का अध्यक्ष अग्नी पाण्डे, २ नं वडाका अध्यक्ष नगेन्द्र संग्रोला, ५ नं. वडाका अध्यक्ष राजेन्द्र लिङदेन, अर्जुनधारा नगरपालिका वडा नं. १० का अध्यक्ष बलदेव गोम्देन लगायतको आतिथ्यता रहेको थियो ।

नगरको विशेष आवतजावत क्षेत्रमा जडान गरिएको ६४ बटा क्यामराहरु लक्ष्मीपुर, चारपाने र बिर्तामोड सहरका सबै चोकहरुमा रहेको बताईएको छ । १० वटा उपसमिति मार्फत गरिएको सिसि क्यामरा जडान कार्यमा ८० लाख ४३ हजार २ सय ७० रुपैया खर्च भएकोको आर्थिक प्रतिदेनमा कोषाध्यक्ष पार्वता खरेल विमलीले प्रस्तुत गरेकी थिईन । खर्च भएको रकम भने स्थानिय दाता, नगरपालिका, वडा कार्यालय लगातका क्षेत्रबाट संकलन भएको बताईएको थियो ।
कार्यक्रमको औचित्यमाथीप्रकास सदस्य अच्युत दाहालले पारेका थिए भने संचालन नारायण चिमरियमले गरेका थिए ।

