Aamsanchar

एक्काइस जुवाडेसहित सात लाख बरामद

Author Image
आइतवार, पौष २२, २०७५

साँखु, 

काठमाडौँ बौद्धको फूलबारीस्थित लोप्सान लामाको घरबाट प्रहरीले २१ जना जुवाडेसहित रु सात लाख १९ हजार ८२० बरामद गरेको छ ।

ठूलो रकमसहित जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरीवृत्त बौद्धको संयुक्त टोलीले लामाको घरमा छापा मारेको हो ।

छापा मार्दा प्रहरीले जुवा खेल्न प्रयोग गरिने गट्टी र कौडासमेत बरामद गरेको छ । पक्राउ परेका २१ पुरुषको अनुसन्धानपछि कानूनअनुसार कारवाही गरिने महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वसन्तकुमार लामाले जानकारी दिनुभयो ।

Views: 203

प्रतिक्रिया (०)