अर्जुनधारा।

जनजीविका सम्वृद्धी बहुउद्धेश्यीय सहकारी संस्था लि.अर्जुनधारा–९को छैटौं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।

संस्था सञ्चालक समितिका अध्यक्ष खेमप्रसाद नेपालको अध्यक्षता र जिल्ला सहकारी संघ झापाकी सदस्य तुलसा कुँवरको प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत समितिका सचिव रुद्रप्रसाद खतिवडाले गरेका थिए ।
सभामा समितिका अध्यक्ष नेपालको संस्थाको वार्षिक प्रगति प्रतिवेदन र लेखा समितिका संयोजक लोचन पोखरेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार गत आर्थिक वर्ष ०७४÷०७५मा संस्थाको चुक्ता शेयर पूँजी १७ लाख ९७ हजार एक सय रुपैयाँ उल्लेख गरिएको छ ।

त्यसैगरी सोही आर्थिक वर्षमा जम्मा एक करोड ९६ हजार एक सय ५४ रुपैयाँ ऋण लगानी गरेको संस्थाले ९० लाख ५८ हजार तीन सय ९३ रुपैयाँ असुल गरेको छ । त्यस्तै संस्थाको गत आर्थिक वर्षको जम्मा आम्दानी ६ लाख ६३ हजार दुई सय ९० रुपैयाँ ९१ पैसा, जम्मा खर्च पाँच लाख ८९ हजार छ सय ४७ रुपैयाँ ७३ पैसा र जम्मा बचत ७३ हजार छ सय ४३ रुपैयाँ १८ पैसा उल्लेख गरिएको छ ।
त्यसैगरी सभामा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा ज्येष्ठ शेयर सदस्यद्धय टीकामाया रिजाल र नन्दीकेशर भट्टराई, असल ऋणी रामप्रसाद भट्टराई, उत्कृष्ट बचतकर्ता वसन्त गोदार थापा रहेका छन् ।
त्यस्तै गत वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने शेयरसदस्यद्धय सामुदायिकतर्फ लक्ष्मी गड्तौलाका छोरा उज्जवल गड्तौला र संस्थागततर्फ रुपमाया बुढाथोकीकी छोरी मोनिका बुढाथोकीलाई प्रशंसा पत्रसहित नगद र ब्यागबाट सम्मानित गरिएको थियो ।
सभामा नगर सहकारी महासंघका अध्यक्ष प्रेमसागर सापकोटा, कालिका बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङ, श्रद्धा कृषि सहकारी संस्थाका सदस्य युवराज नेपाल, सल्लाहकारहरु धनकुमार दाहाल, धनबहादुर मगर र लयप्रसाद पनेरुलगायतको आतिथ्यता रहेको थियो । सभाको सञ्चालन समितिका सदस्य भक्तबहादुर गोदारले गरेका थिए ।

