काठमाडौं ।
बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग ९बीपीएल० मा नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएका छन् । बीपीएलमा क्रिकेटमा डेब्यु गरिरहेका लामिछानेले सुरुकै खेलमा २ विकेट लिएपछि उनको चर्चा त्यहाँ पनि भएको छ ।
सिलेट सिक्सर्समा आवद्ध सन्दीपले कोमीला भिक्टोरियन्सविरुद्धको खेलको १३औं ओभरमो अन्तिम बलमा सोहेब मल्लिकलाई आउट गर्दै विकेटको खाता खोलेका थिए।
यस्तै उनले व्यक्तिगत चौथो ओभरको दोस्रो बलमा अनमुल हकलाई बोल्ड गर्दै बीपीएलमा पनि उत्कृष्ट डेब्यू गरे। उनले लिगमा ४ ओभर बलिङ गर्दै १६ रन खर्चिएर २ विकेट लिएका हुन्। खेलमा सन्दीपको टिम सिक्सर्सले टस हारेर पहिले ब्याटिङ गर्दै १२८ रनको लक्ष्य दिएको थियो।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 81