पाँचथर ।
आयोजक फिदिम स्पोटिङ क्लव १० औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज पाँचथर सदरमुकाम फिदिममा भएको खेलमा मोरङ–११ लाई १÷० गोलको झिनो गोल अन्तरले हराउँदैँ आयोजकले क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो ।
फिदिमका लागि पहिलो हाफको ८ औँ मिनेटमा विदेशी खेलाडी काचीले गरेको गोल नै निर्णायक भएको थियो । पहिलो हाफ १÷० ले पछि परेको मोरङले दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेपनि गोल गर्न भने सकेन् । आजको खेलको म्यान अफ द म्याच आयोजकका प्रविन जवेगु घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
भोलीको पहिलो क्वाटरफाइनल खेल झापा–११ र ससस्त्र प्रहरीको एपीएफ काठमाण्डौवीच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा १० टिमको सहभागिता छ । प्रतियोगिताको विजेता टिमले नगद ४ लाख तथा उपविजेताले नगद २ लाख सहित ट्रफि प्राप्त गर्ने पाँचथर फुटबल संघका अध्यक्ष सुजन नेम्बाङले जानकारी दिनुभयो ।