Aamsanchar

झापामा जोगेन टुडुको घरमा आगलागी, सुतेकै ठाउँमा श्रीमतीकाे मृत्यु

Author Image
आइतवार, पौष २२, २०७५

झापा ।

झापाको गौरीगंज गाउपालिका–२ हेमनाडाँगी स्थित जोगेन टुडुको घरमा आगलागी हुँदा उनकी श्रीमतीको जलेर मृत्यु भएको छ ।

शनिबार राती मादक पदार्थ सेवन गरेर आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा नजिकै बलेको मट्टितेलबाट बल्ने बत्तीबाट आगो सल्कीएर ओछ्यानमा आगोलागी भएको थियो । आगलागीबाट ४५ बर्षीया सुनिता टुडुको सुतेकै स्थानमा मृत्यु भएको हो ।

घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय गौरीगंजबाट घटनास्थलतर्फ प्रहरीको टोलि खटिगई आवश्यक अनुसन्धान पश्चात शवलाई परिक्षणको लागि आम्दा अस्पताल दमक पठाईएको प्रहरीले जनाएको छ ।

उता धनकुटाको सागुरीगडी गाउपालिका–३ स्थित पुर्ण बहादुर युवाङ लिम्बुले पालेको बोइलर कुखुराको फर्ममा आगोलागी भएको छ । आइतबार दिउँसो खोरमा चल्लालाई तातो बनाउनलाई बालेको आगोबाट आगलागी हुँदा कुखुराको चल्ला ८ सय १६ वटा, कुखुराको फर्म , ढुंङ्गा माटो र काठले बनेको टिनको छानो भएको १ तल्ले घर तथा घर भित्र रहेको सामान समेत जलेर नष्ट भएको छ ।

आगलागीबाट १७ लाख बराबरको क्षति भएको छ । आगलागी प्रहरी चौकी मुलघाटबाट खटिएको नेपाल प्रहरीको टोली, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा दिउँसो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर