झापा ।


गायिका इन्दिरा भट्टराईको नयाँ गीत ‘एक्सिडेन्ट भयो न्यूरोडमा’ गत आइतबार सार्वजनिक भएको छ । बुढा सुब्बा डिजिटल प्रालिले यूट्युबमार्फत भट्टराईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो ।

गायिका भट्टराईको आवाज रहेको उक्त गीतमा लालबहादुर सुब्बाको शब्द तथा संगीत रहेको छ भने संयोजन सविन लिम्बूको रहेको छ । गम्भीर बिष्टद्वारा निर्देशित तथा एलिशा राई र श्रीदेव भट्टराईले अभिनय गरेको म्यूजिक भिडियोमा कोरियोग्राफी सुबोल थापाले गरेका छन् ।


शहरी जीवन र युवाको प्रेमकथालाई गीतले समेटेको गायिका भट्टराईले जनाएकी छिन् ।
Views: 204

