सुर्य खवास / युएई,
संयुक्त अरब इमिरेट्स (यूएई)का विभिन्न स्थानमा रहेका ८ जेलमा १ सय ८८ जना पुरुष र १२ जना महिला गरि २ सय जना नेपालीले कारागार जीवन बिताइरहेको युएइकालागी नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।
राजदूताबासले यूएईमा जेल परेका नेपालीहरु मद्यपान, लागूऔषध सेवन एवं ओसारपसार, झैझगडा, चोरी, हत्या, किर्ते कागजात बनाउने लगायतका अपराधमा आरोपित पाइएको दूताबासले जनाएको छ ।
दूतावासले जारी विज्ञप्ति अनुसार मद्यपान सेवन, मादक पदर्थ सेवन गरि सवारी चलसुने र झैझगडा सम्बन्धि मुद्दामा १ सय १६ जना, चोरी, डाँका तथा अपहरण सम्बन्धि मुद्दामा २० जना, हत्या सम्बन्धि मुद्दामा १२ जना, बलात्कार एवं व्यभिचारी मुद्दामा ८ जना, कागजात किर्तेमा ७ जना, लागू औषध सम्बन्धि मुद्दामा ५ जना, अरुको सम्पत्तिमा क्षति पुर्याएको तथा दुव्यर्वहार ओभर स्टे, लगायतका विविध मुद्दामा २२ जना रहेका छन ।
दूताबासका अनुसार सारजाह सेन्ट्रल जेलमा १० जना, दुवई सेन्ट्रल जेलमा ६८, अजमान सेन्ट्रल जेलमा ४ जना, रस अल खैइमा सेन्टल जेलमा ४ जना, फुजेरा सेन्ट्रल जेलमा एक जना, र अल अइन जेलमा १४ जना नेपाली रहेका छन् । सबैभन्दा बढी अल अथ्वा सेन्ट्रल जेलमा ९८ जना नेपाली रहेको दूताबासले जनाएको छ ।
सन २०१८ मा युएईमा १०३ जना नेपालिको मृत्यु
दुताव्वासले दिएको विवरण अनुसार ८ महिला सहित १०३ जनाले मृत्युबरण गरेका छन । जसमा प्राकृतिक मृत्यु हुने ३ महिला सहित ४७ जना, आत्महत्या ३ महिला सहित ३३ जना तथा दुर्घटनामा मृत्यु हुनेमा २ महिला सहित २३ जना रहेका छन ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 262