

नेपालकै ठुलो नदी सप्तकोशीमा माछाको खोजिमा तल्लिन माझीहरु ।

सप्तकोशी नदी चीनको हृवाङहो नदी पछि तिब्र गतिमा बग्ने बिश्वको दोस्रो ठूलो नदी हो । यसका सहायक नदीहरूमा अरूण, तमोर, सुनकोशी, भोटेकोशी, लिखु, तामाकोशी, इन्द्रावती पर्दछन।

सात वटा मुख्य सहायक नदी मिलेर बनेको हुनाले यसलाई सप्तकोशी पनि भनिन्छ। हिमालय बाट उत्पत्ति भएका यी सहायक नदीहरू महाभारत पर्वत श्रेणीको तल्लो भागमा सम्मिश्रित भई सप्तकोशीको रूपमा सुनसरी जिल्लाको चतरा गल्छीबाट तराईको समथर क्षेत्रमा प्रवेश गर्दछ। नेपालको लौकही र हनुमाननगर बीचमा बनेको कोशी बाँध पार गरेर यो नदी भारत प्रवेश गर्दछ र भारतको विहार राज्यको कर्सेला घाटमा गंगा नदीमा मिल्दछ।


फोटो : विनोद पाण्डे कमल/आमसंचार
Views: 357

