Aamsanchar

अनियमितताका दोषीलाई कारवाही माग

Author Image
बुधवार, पौष २५, २०७५

काठमाडौँ, 

नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले वाइड बडी जहाज खरीद प्रकरणमा भएको अनियमितताका दोषीलाई कडा कारवाहीको माग गरेको छ ।

पार्टीका महामन्त्री मोहनविक्रम सिंहले  जारी गरेको विज्ञप्तिमा उक्त जहाज प्रकरणमा भएको अनियमितता र भ्रष्टाचार अत्यन्त गम्भीर प्रकृतिको भएको उल्लेख गर्दै देशको

प्रशासनयन्त्र नै भ्रष्ट रहेको आरोप लगाएको छ । विज्ञप्तिमा केपी शर्मा ओली सरकारको भ्रष्टाचारलाई निर्मूल पार्ने प्रतिबद्धता पनि अर्थहीन हुन सक्नेमा चिन्ता व्यक्त गरिएको छ ।

Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर