पाँचथर ।
सरस्वती क्लव काठमाण्डौ पाँचथरको फिदिममा जारी १० औँ फाल्गुनन्द गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
फिदिममा बुधवार भएको प्रतिस्पर्धात्मक खेलमा सरस्वती क्लव काठमाण्डौले डिफेन्डीङ च्याम्पीयन सुनसरी–११ लाई २÷१ गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफको आठौँ मिनेटमा सुनसरीका लागि दिपेन तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा सुस्ताएको सरस्वती दोस्रो हाफमा सुनसरी विरुद्ध निकै दवाव जमाएको थियो । दोस्रो हाफको ७७ औँ मिनेटमा सरस्वतीका लागि भिक्टोरले उत्कृष्ट गोल गर्दै खेल वराबरीमा ल्याएका थिए । सुनसरीका गोलकिपरको गल्तीका कारण पुन भिक्टोरले ८० औँ मिनेटमा अर्को गोल थप्दैँ सरस्वतीलाई सेमिफाइनलसम्म पु¥याए ।
आजको खेलको म्यान अफ द म्याच सरस्वती क्लवका भिक्टोर घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् । विहिवारको अन्तिम क्वाटरफाइनल खेल रोयल एफसी भारत र बोइज युनियन काठमाण्डौवीच हुने आयोजक समितिले जनाएको छ । सो प्रतियोगितामा १० टिमको सहभागिता छ ।
प्रतियोगिताको विजेता टिमले नगद ४ लाख तथा उपविजेताले नगद २ लाख रुपैयाँ सहित ट्रफि प्राप्त गर्ने पाँचथर फुटबल संघले जनाएको छ ।