Aamsanchar

करेन्ट लागेर मृत्यु

Author Image
बिहिवार, पौष २६, २०७५

चौतारा,

सिन्धुपाल्चोकको चौतारा साँगा चोकगढी नगरपालिका–२ बदासेको सेरा निवासी २६ वर्षीया टीकालाल श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आज बिहान बाटो हिँडिरहेको अवस्थामा प्रशारण लाइनको तार चुडेर जमीनमा लत्रिरहेको अवस्थामा नदेखेर कुल्चँदा उनलाई करेन्ट लागेको थियो । घाइते अवस्थामा काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणको लापवाहीका कारण जिल्लामा करेन्ट लागेर विगतदेखि हालसम्म धेरैले ज्यान गुमाइसकेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर