Aamsanchar

कचनकवल गाँउपालिकाद्धारा भोली सार्वजनिक बिदा दिने

Author Image
बिहिवार, पौष २६, २०७५

झापा ।

झापाको कचनकवल गाँउपालिकाले पुस २७ गते शुक्रबार भोली पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउने निर्णय सहित गाँउपालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

राष्ट्र निर्मताको रुपमा रहेका पृथ्वीनारायण शाहको सम्झनामा मनाइने पृथ्वीजयन्तीको दिन रष्ट्रिय स्तरमा समेत बिदा मागिरहेको अवस्थामा यहाँ गाँउपालिकाले बिदा दिएको हो । विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात् पौष २७ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले नै आधूनिक नेपालको खाका कोरेका हुन् ।

पृथ्वी नारायण शाहको पालामा हालको भारत अधिन रहेको तत्कालिन पञ्जाबदेखि सिक्किमसम्म नेपाली भू-भाग रहेको र आजको वर्तमान नेपालभन्दा विशाल नेपाल उतिबेला रहेको थियो ।

नेपाललाई अहिलेको अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका पृथ्वीनारायण शाहलाई धेरैले राष्ट्र निर्माता भनेर पुकार्छन् । तर कतिपयले भने शाहको आलोचना गर्छन् । तैपनि पृथ्वी नारायण शाहका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् ।

पृथ्वी नारायण शाहका सालिकहरु नेपालका धेरै शहरहरु अनि चोकहरुमा छन् । प्रायः चोर औंला माथी उठाएर उभिएका स्वरूपमा देखिने यीनको सालिक तथा तस्बिरले नेपालीजनलाई सदैव एकताको शिक्षा दिई रहेको छ, दिइरहने छ ।

Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर