केशवराज भण्डारी, झापा ।


पछिल्लो समय झापा जिल्ला मौरी पालनमा निक्कै अगाडि वढिसकेको छ । विषेस गरेर झापा जिल्लाको दमक नगरपालिका, गौरादह नगरपालिका, कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका, कनकाई नगरपालिका, बुद्ध शान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिकामा ब्यवसायिक मौरी पालन गरिदै आएको पाइन्छ ।
विगतका बर्षहरुमा उत्पादन भएको मह क्रमस बृद्धि उन्मुख रहेको झापा जिल्लामा ३ सय १० जना कृषक मौरी पालनमा सहभागि छन । २ हजार ५ सय गोला उत्पादनमुलक मौरी घार वाट ३० हजार किलो मह वार्षिक रुपमा उत्पादन हुन थालेको छ ।

जस् वाट वार्षिक १ करोड ५ लाख आम्दानि कृषकले लिन थालेका छन । यस वर्ष वाट झापाको दमक नगरपालिका भित्र २५ जना कृषकले सामुहिक रुपमा ब्यवसायिक मौरी पालनको सुरुवात गरेका छन । त्यसै गरी कनकाइ नगरपालिकाको सुरुङ्गामा १५ जना एकल महिलाले ३० गोला वाट ब्यवसायिक मौरपिालनको सुरुवाती चरणमा छन ।
विषेस गरेर झापा जिल्लाको शिवसताक्षी नगरपालिका जिल्लाकै ठुलो मौरी पालन गरिएको क्षेत्र हो । यस नगरपालिकामा रहेको श्री सतासि महिला मौरी पालन कृषि सहकारीमा मात्र १ सय ८४ जना महिला उद्यमीहरुको स्वामित्वमा मात्र २ हजार भन्दा वढि उत्पादन शिल मौरी गोला अर्थात घार रहेका छन । यस सहकारीले आफ्नो सेवा क्षेत्र भित्रका महिला दिदि वहिनीहरुलाई समेट्दै ब्यवसायि त वनाएको छनै त्यसमा पनि श्रोत विकासका क्षेत्रमा समेत अग्रणी भुमिका निर्वाह गरिरहेको छ । यहा वाट अन्तरजिल्ला सम्म पनि मौरी पालनको श्रोत विस्तार हुने गरेको छ ।

यसरी कृषकको चासो र उत्साह सँगै सञ्चालनमा आएको मौरीपालन ब्यवसायका लागि भने यतिवेला चरनको ठुलो समस्या परिरहेको छ । झापा जिल्लामा हुने विभिन्न तेलहन वालि तथा फलफुल वाली त्यसै गरी फुल फुल्ने अन्न वालिहरु विषेस गरी मौरी चरनको राम्रो श्रोतको रुपमा मान्न सकिन्छ । तर झापाली कृषकहरुमा चेतनाको कमी भएका कारण मौरी चरनका लागि आफ्नो वाली क्षेत्रमा राख्न नदिएका कारण चरनको अभाव खड्कीएको छ ।
शिवसताक्षी नगरपालिकामा रहेको श्री सतासी महिला मौरी पालन कृषि सहकारीकी ब्यवस्थापक तथा मौरी अभियान्ता देविकुमारी ओलि (दाहाल) भन्छिन “ मौरी चरन वाट कृषकलाई फाइदै फाइदा छ । बालिमा राम्रो सँग पराग सेचन हुने हुदा उत्पादन ३० देखि ७० प्रतिसत सम्म बृद्धि हुन्छ तर कृषकलाई यस कुराको जानकारी नहुदा चरनमा समस्या देखिएको छ ।” मौरी चरन क्षेत्रमा अनाधिकृत रुपमा विषादीको प्रयोग भइ दिदा पनि मौरी मर्ने गरेको किसानको गुनासो छ ।
मौरी चरन क्षेत्रमा कृषकको वालि नास हुने भन्ने आम कृषकको वुझाई गलत भएको वताउदै दाहाल भन्छिन “ मौरी चरन क्षेत्रमा थोरै ठाउँमा मौरी नपस्ने गरी झुल टाँगौँ वाँकि ठाउँमा मौरी खुल्ला रुपमा छाडौँ वालि पाकि सकेपछी त्यसलाइ तुलना गरेर हेर्न सकिन्छ । त्यस पछि पनि कृषकलाई चित्त नबुझे हामि ढिप्पि गर्दैनौँ ।” मौरी अभियान्ता देविकुमारी ओलि (दाहाल) ले झापा जिल्लामा मात्र २ सय २४ जना मौरी कृषकहरुलाई ब्यवसायिक वनाइ सकेकी छीन ।
उनि झापाकी एक मात्र ब्यवसायिक मौरी पालनमा राम्रो दखल भएकी पहिलो महिला कृषक हुन । उनले ताप्लेजुङ, तेह्रथुम, उदयपुर, धनकुटा, इलाम, झापा लगायतका धेरै ठाउँहरुमा ब्यवसायिक मौरी पालन तालिम प्रदान गर्ने गरेकी छिन । उनि भन्छीन “ मौरी पालनमा कृषकको चासो वढे तालिम साथै घार वितरण गर्छौँ । कृषकले उत्पादन गरेको मह किनिदिने ज्ञारेन्टि साहारा सतासी महिला मौरी मह उद्योगले गर्नेछ ।
पहिलो चरणमा हामि प्रदेश नं. १ लाई प्राथमिकता दिन्छौँ, तर चरन क्षेत्रमा अर्गानिक अर्थात विसादी प्रयोग नगरी कृषि उपज उत्पादन गर्न जरुरी छ ।” नेपाल सरकारले जमिन वाँजो राखेमा जरिवाना सहितको कर लिने ब्यवस्था गर्न सके राज्यले चाहेको सोचेको स्वरोजगारमुखि अभियान सफल हुने तर्क राख्दै उनि थप्छीन “राज्यलाइ महमा आत्मनिर्भर वनाउन हामि पहल गर्छौँ, आत्म निर्भर मात्र होइन विदेस सम्म निर्यात गरी अन्तराष्ट्रिय वजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय मह उत्पादन गरेर देखाउछौँ, जस्ले युवाहरुलाई स्वरोजगा सँगै जिम्मेवार वनाउने छ ।”


हाल झापामा चरन क्षेत्र हुदा हुदै पनि झापाली मौरी तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, चितवन, दाङ सम्म पुर्याउनु पर्ने वाध्यता कृषकको छ । झापा वाहेकाका अन्य जिल्लामा किसानले लगाएको वालि फुल खेल्न नपाउदै बालिमा पराग सेचनका लागि मौरी लिएर आउन फोन आउने गरेको वताउदै देविकुमारी दाहाल भन्छिन “झापामा मात्र हामिलाई समस्या भएको छ अन्य जिल्लाहरुमा कृषक आफैँले फोन गर्नु हुन्छ तर झापामा पनि फोन गरेर वोलाउनु हुने केहि कृषकहरु हुनुहुन्छ ।
तर त्यतिले मात्र चरन प्रयाप्त हुदैन ।” झापाका केहि मौरी चरन क्षेत्रमा समस्या भए पछि हाल सुपारी जोन झापाका प्रमुख तथा वालि संसक्षण अधिकृत राजेन्द्र प्रसाद खरेल र विर्तामोड नगरपालिका कृषि विकास शाखा प्रमुख राजेन्द्र कडरियाले समस्या देखिएका क्षेत्रका कृषकहरुलाई वालिमा परागसेचनको महत्वका वारेमा बुझाउन सहयोग गरिरहेका छन ।
झापामा रहेको एक मात्र मह उद्योग साहारा सतासी महिला मौरी मह उद्योग वाट वजारमा ल्याइएको सतासी हनी बजारमा आउनु भन्दा अघि खाद्य गुणस्तर मापनका लागि खाद्य तथा गुण नियन्त्रण कार्यालय विराटनगर, मौरी विकास शाखा गोदावरी र नाष्टमा ल्याव टेष्ट गराउने गरेको छ । तर नेपालमा गुणस्तर मापन नगरिएको भारतिय महका कारण आफ्नै स्वदेसमा उत्पादित नेपाली गुणस्तरीय मह लाई समस्या हुने गरेको कृषकको गुनासो छ ।


