Aamsanchar

ऊँ नमः शिवायमा बालकृष्ण

Author Image
शनिवार, पौष २८, २०७५

बिर्तामोड ।

हाम्रो ऊँ नमः शिवाय कृषि सहकारी संस्था बिर्तामोड–५ को तेस्रो वार्षिक साधारणसभाले पुनः अध्यक्षमा बालकृष्ण गिरीलाई निर्विरोध चयन गरेको छ ।

संस्थाले खरिद गरेको जग्गा हल्दिवारी गाउँपालिका–२ मा शनिवार आयोजित साधारणसभाले गिरीलाई सर्वसम्मत चयन गरेको हो ।

त्यसैगरी उपाध्यक्षमा कृष्णकुमार गिरी, ब्यवस्थापक (पदेना सचिव) मा अर्जुन गिरी, कोषाध्यक्षमा पदमबहादुर पुरी र सदस्यमा नारायण गिरी, रमेशकुमार थापा, चन्द्रकुमारी खरेल, कान्तिबहादुर कार्की र गोविन्द कार्कीलाई निर्विरोध चयन गरेको छ ।

त्यस्तै लेखा समितिको संयोजकमा उमेश भारती सदस्यमा खड्गराज गिरी, कुसुम राई चयन भएका छन् भने कर्जा समितिमा संयोजक कृष्णबहादुर वन, सदस्यमा जनुका गिरी र सरोजकुमार विश्वकर्मालाई सर्वसम्मत चयन गरेको छ । निर्वाचनका लागि संस्थाले झापाका अग्रज पत्रकार गोपाल गिरीको सयोजकत्वमा उद्धव पुरी र अर्जुन गिरी सदस्य भएको समिति निर्माण गरेको थियो ।

संस्थाका अध्यक्ष वालकृष्ण गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दशनामी समाज केन्द्रीय संरक्षक भारतलाल गिरीको प्रमुख आतिथ्यता रहेको थियो ।

शेयर पुँजी ५१ लाख ५० हजार रहेको संस्थाले ४० लाख ५७ हजारको जमिन खरिद गरेको अध्यक्ष्को प्रतिवेदनमा छ । संस्थाका उपाध्यक्ष कृष्णकुमार गिरीले स्वागत गरेको कार्यक्रममा पत्रकार गोपाल गिरी, हल्दिवारी गाउँपालिकाका उपाध्यक्ष डम्वरबहादुर गिरी, दशनामी समाज झापाका अध्यक्ष खिलबहादुर गिरी, दशनामी समाज प्रदेश नं. १ का अध्यक्ष चन्द्रप्रसाद गिरी, दशनामी केन्द्रीय सदस्य डम्वर वन, दशनामीका केन्द्रीय सल्लाहकार हर्कलाल गिरी, दशनामीका केन्द्रीय उपाध्यक्ष गोविन्दविक्रम गिरील, दशनामी क्षेत्र नं. २ अध्यक्ष सूर्यप्रसाद गिरीगायतले शुभकामना मन्तव्य रोखेका थिए । कार्यक्रमको सञ्चालन व्यवस्थापक अर्जुन गिरीले गरेका थिए ।

Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
सोमवार, पौष १४, २०८२