बिर्तामोड ।



सामाजिक क्षेत्रमा कृयाशिल युवाहरुको सामाजिक संस्था पहिलो पाईला नेपालको बिर्तामोड शाखाको बैठक सम्पन्न भएको छ।
युवा एकतालाई जोड दिदै सामाजिक क्षेत्र निरन्तर लागिपरीरहेको संस्था पहिलो पाईला नेपाल बिर्तामोड शाखाको बैठकले नयाँ समिति पाएको छ। सविक झापा शाखा रहेर काम गरीरहेको यस संस्थाको १ शाखा १ नगर अवधारणा बमोजिम बिर्तामोड नगरपालिकाको आधारमा बिर्तामोड शाखा नामांकन गरी कार्यसमिति पुनर्गठन गरीएको हो।

साविक झापा शाखाका अध्यक्ष कृष्ण अग्रवालको अध्यक्षतामा बसेको बैठकले नवअध्यक्ष स्वरुप मदन ओलीलाई सर्वसहमत चयन गरेको छ। मदन ओली अध्यक्ष रहेको समितिमा क्रमश उपाध्यक्ष रेखा चौलागाईं, सचिव आर्जु उप्रेती, सहसचिव प्रदिप बर्देवा, द्वितीय सहसचिव बिवेक पोख्रेल, कोषाध्यक्ष संजय बिश्वकर्मा र सदस्यमा सुनिता ओझा, सुजता कट्वाल, खगेन्द्र बिमलि, पवन भट्टराई, पंकज खनाल, जिवन सिंह राजवंशी, पुजा धमला सहित १३ जनाको कार्यसमिति गठन गरीएको हो।
फास्ट ट्रयाक कन्सलटेन्सिका प्रतिनिधि, तथा हाम्रा सहयोगी दाता राम लिम्बु ज्युले खादा ओडाएर पुनर्गठित समितिलाई सम्मान तथा शुभकामना ब्याक्त गर्नुभएको छ। साविकका अध्यक्ष कृष्ण अग्रवाललाई सम्मान स्वरुप खादा ओडाएर बिदाई गरीयो। बिदाईको क्रममा पुर्व नर्गठित अग्रवालले नवगठित कार्य समितिका सम्पूर्ण पदाधिकारीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यस्त गर्नको साथ साथै पहिलो पाईला बिर्तामोडको प्रतेक पाईला पाईलामा साथ र समर्थन रहने कुरा ब्याक्त गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहनुभएका पहिलो पाईला नेपालको संस्थापक तथा केन्द्रीय महासचिव बिजय खड्का ृभुतको भिनाजेले पनि समितिलाई सफल कार्यकालको शुभकामना ब्याक्त गर्नुभएको थियो। साथै महासचिव खड्काले संस्थागत पृष्ठभूमिको बारेमा प्रकाश पार्दै समाज परिवर्तनका लागी युवाहरुनै लगनशिल हुन आवश्यक रहको कुरा ब्याक्त गर्नु भएको छ।

