Aamsanchar

झापामा खेतमा लडेर एक युवकको मृत्यु

Author Image
सोमवार, पौष ३०, २०७५

झापा,

खेतमा लडेर झापामा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका १ स्थित डामाटार निवासी २४ वर्षीय अजय राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार आफ्नै खेतबारीमा पानी लगाउने क्रममा अचानक चिप्लिएर तलपट्टि रहेको चट्टानमा ठोकिँदा उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

टाउँकोमा गम्भीर चोट लागेका राईलाई तत्काल उपचारको लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिए पनि उनको बाटैमा मृत्यु भइसकेको चिकित्सकले बताएको प्रहरीले जनाएको छ।

Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
सोमवार, पौष १४, २०८२