Aamsanchar

चाँदनी बहुउद्धेश्यीयको १८औं सभा सम्पन्न

Author Image
सोमवार, पौष ३०, २०७५

अर्जुनधारा।

चाँदनी बहुउद्धेश्यीय सहकारी संस्था अर्जुनधारा–४ भाङबारीको १८औं साधारण सभा सोमबार सम्पन्न भएको छ ।

संस्था सञ्चालक समितिका अध्यक्ष यामबहादुर दाहालको अध्यक्षता र वडाध्यक्ष दुर्गाप्रसाद दाहालको प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत उपाध्यक्ष बसोधा घिमिरेले गरेकी थिइन् ।

सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन लेखा समिति संयोजक प्रेमबहादुर कार्कीले र लेखा समितिको प्रतिवेदन समितिका सचिव निरकुमार मगरले प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा संस्थाको गत आर्थिक वर्षको जम्मा शेयर पूँजी १९ लाख १६ हजार नौ सय ४२ रुपैयाँ, शेयर फिर्ता १५ हजार दुई सय ९८ रुपैयाँ, निक्षेप २७ लाख ८२ हजार एक सय दुई रुपैयाँ, निक्षेप फिर्ता ११ लाख आठ हजार आठ सय ७२ रुपैयाँ, कर्जा लगानी ५२ लाख ९५ हजार छ सय २० रुपैयाँ , कर्जा असुली ५० लाख २८ हजार नौ सय ३१ रुपैयाँ, बैंक मौज्दात तीन लाख १६ हजार छ सय ६३ रुपैयाँ दुई पैसा उल्लेख गरिएको छ ।


त्यसैगरी संस्थाले आगामी दिनमा संस्थाको भवन निर्माण कार्य सम्पन्न गर्ने, सदस्य शिक्षा कार्यक्रम गर्ने, समूह गठन गरी प्रक्रिया पु¥याई कर्जा लगानी गर्ने, सामाजिक सामान सहुलियत दरमा सञ्चालन गर्ने, सामाजिक कार्य अनुरुप नजिकै रहेको मठ, मन्दिर, बाटो, कुलो साथै दैवी प्रकोपमा सहयोग गर्ने, शौचालयमा सहुलियत कर्जालाई निरन्तरता दिने, रासायनिक मलको व्यवस्थापन गर्नेलगायतका कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सोही सभाको अवसरमा संस्थामा विशेष योगदान पु¥याउने संस्थाका संस्थापक सदस्य एवम् पूर्व अध्यक्ष पदमबहादुर खड्कालाई सम्मान पत्र र संस्थाकी ज्येष्ठ सदस्य नर्वदा तिम्सिनालाई नगदसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।
सभामा महिला चेतना बहुउद्धेश्यीय सहकारी संस्थाकी सदस्य गंगादेवी कट्टेल, एकदेव खनाल, तुलसीप्रसाद खतिवडालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सभाको सञ्चालन लेखा समितिका संयोजक कार्कीले गरेका थिए ।

सोही सभाले पुनः यामबहादुर दाहालको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति सर्वसम्मत गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा बसोधा घिमिरे, सचिवमा प्रेमबहादुर कार्की, सहसचिवमा मणी भण्डारी र कोषाध्यक्षमा लीला कार्की मगर र सदस्यहरुमा चित्र कटुवाल, टीका लूँइटेल, भक्तबहादुर तिम्सिना र रीना दनुवार चयन भएका छन् ।

त्यसैगरी सभाले गीता खनालको संयोजकत्वमा खगेन्द्र पराजुली र गोपाल राउत सदस्य रहेको तीन सदस्यीय लेखा समिति गठन गरेको संस्थाका व्यवस्थापक ज्ञानबहादुर अधिकारीले जानकारी दिए ।

Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर