

(विनादे पाण्डे कमल/तस्वीर पनि)
चारपाने, माघ १ । झापाको कनकाई नगरपालिका स्थित कन्काई नदी पूर्व किनारमा यस वर्ष माईमेला भव्य रुपमा लाग्यो। मंगलबार बिहानैदेखि कन्काई नदीमा मेला भर्ने र मकर नुहाउनेको ठूलो भीड लागेको थियो।




मेला भर्न पूर्वको झापा, मोरङ, सुनसरी ,सप्तरी, सिराहा , धनकुटा, ईलाम लगायत भारतका बिभिन्न ठाउँबाट तिर्थालु आएको मेला आयोजक समितिले जनाएको छ। मेलामा सवारीको चाप र पैदल यात्रीको ओहोरदोरका कारण विगतका बर्षमा कनकाई पुलमा सवारी र मानिसको खचाखचका कारण बारीपारी गर्न एक घण्टा भन्दा बढी समय लाग्ने गरेकोमा यस बर्ष जिल्ला ट्राफिक र जनपथ प्रहरीले पुलमा पैदल यात्रीलाई आवत जावतमा रोक लगाएको कारण अन्यदिन भन्दा छोटो समयमा सवारी आवत जावत गर्न सकेको थियो । सर्बसाधारणलाई बगरबाट वारीपारी गर्ने अस्थाई बाटो निर्माण गरिएको छ ।


सौर्यमानको हिसावले माघ महिना आरम्भ हुने पहिलो दिनलाई माघे संक्रान्ति भनिन्छ । मकर राशिको नामबाट माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने गरिएको छ। माघ १ गतेदेखि सूर्यको उत्तरायण शुरु हुने हुँदा रात छोटा र दिन लामो हुने गरेको छ। मकर संक्रान्तिका दिन स्नान गर्ने, तिलको लड्डु , तरुल लगायत कन्दमूल खाने परम्परा छ।

हरेक वर्ष माघे संक्रान्तिका अवसरमा झापाको कनकाई माईधारमा भव्य मेला लाग्ने गरेको छ। मेलामा रोटेपिङ, विज्ञानकला, राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम समेत आयोजना भएको थियो।

कोटिहोम हुदै मकर स्नानका लागि हजारौं मानिस मेलामा आएका थिए। मेलामा कुनै अप्रिय घटना हुन नदिन जिल्ला प्रहरी कार्यलय झापाले सुरक्षा व्यवस्था कडा बनाएको थियो।

बाकी फोटोहरु पनि हेर्नुहोस ।











DCIM100MEDIADJI_0005.JPG

